अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

कोरोनाविरुद्ध जारी लकडाउनलाई म्याग्दीमा कडा पारियो

By -
On: May 17, 2020 10:17 PM
Follow Us:

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का विरुद्ध उच्च सतर्कता अपनाउँदै म्याग्दीका सञ्चालित बैक तथा बित्तीय संस्थाहरु सञ्चालन गर्ने कार्यतालिका तय गरेसँगै सोमबारदेखि म्याग्दीमा लकडाउनलाई थप कडाई गरिएको छ ।

जिल्लाभित्र सञ्चालित वित्तिय संस्थाहरु हरेक दिन विहान १० देखि दिउँसो २ बजेसम्म सञ्चालन भइरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले आइतबार जारी गरेको सूचनामा लकडाउन अवधिभर समय तालिकामा खोल्न निर्देशन दिएसँगै लकडाउनमा थप कडाई गरिने भएको हो।

प्रशासनको तालिका अनुसार हरेक दिन सिमित वित्तिय संस्था विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ने छन् भने बजारदेखि ग्रामिण क्षेत्र जोड्ने नाकाहरुमा समेत कडाई गरिने भएको छ । वित्तिय संस्था खुल्दा बजारमा धेरै चहलपहल हुने गरेकोमा यो निर्णयसँग प्रहरीले समेत आफ्नो गस्ती बढाउने तयारी गरेको जनाइएको छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन नाकामा चेकजाँच कडाई गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बेनीसहित ग्रामीण भेगमा हुने अनावश्यक आवतजावत, सर्वसाधारणको हिँडडुल र जिल्लाभन्दा बाहिर चल्ने सवारीमा दिने गरिएको पासलाई कडा बनाइएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । यसैबीच सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय हो ।

-