थम्मन थापा जेठ ५ बागलुङ
गलकोट नगरपालिकामा स्वाव संकलन गरिएका १ सय ९ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गत शुक्रबार र शनिबार स्वाब संकलन गरि पोखरा पठाइएकोमा सबै जनाको रिपोट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए । केही दिन अगाडी पर्सामा गलकोटबाट गएका १४ जना मजदुरमा कोरोना पुष्टि भएपछि उनीहरुसँग सम्पर्कमा आएका नागरिकहरुको स्वाब परीक्षण संकलन गरी पोखारा पठाइएको थियो ।                                            उनीहरुको सम्पर्कमा आएका जनप्रतिनिधि ८ जना, स्वास्थ्यकर्मी १६ जना, सुरक्षाकर्मी ४ जना, पत्रकार १ जना, बैंक तथा वित्तीय संस्थाका कर्मचारी ५ र अन्य नागरिक ८७ जान गरी १ सय ९ जनाको स्वाब संकलन गरीएको थियो । कोरोना पीसीआर रिपोर्ट नेगेटिभ आए पछि गलकोट नगरबासीमा सन्त्रास कम भएको छ यद्यपी लक डाउन पूर्ण रूपमा पालना गर्न गलकोट नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ । नेपाल सरकारले कोरोना संक्रमण रोकथाम गर्न आगामी जेठ २० गते सम्म लक डाउन अवधि थप गरेको छ ।

Leave a Reply