उत्तरी म्याग्दीको रघुगंगा गाउपालिका-२, रिठाबोटबाट कालीगण्डकी नदीमा खसेको एम्बुलेन्स भेटिएको छ । मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट सुत्केरी लिन बेनीतर्फ आइरहेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स सडकबाट कालीगण्डकीमा खस्दा एम्बुलेन्स सहित चालक बेपत्ता भएका थिए ।

सडकबाट करिब १ सय मिटर तल खसेको एम्बुलेन्सको सिसा फेला परेपछि खोजीकार्यको क्रममा दुर्घटनास्थलबाट करिब ५० मिटर तल एम्बुलेन्स भेटिएको नेपाल रेडक्रस सोसाईटी म्याग्दीका उपमन्त्री सुरत केसीले बेनीअनलाइनलाई बताए । दुर्घटनामा बेपत्ता चालक मुस्ताङको थासाङ गाउपालिका–४ का २१ वर्षीय सुजन विश्वकर्माको खोजीकार्य भइरहेको छ ।

कालिगण्डकीको बाहबका कारण बेपत्ता चालकलाई बगाएको वा खोचमा परेको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटना हुदाँ चालक एम्बुलेन्स बाहिर गएको हुनसक्ने अनुमान सहित प्रहरीले खोजीकार्यमा तिब्रता दिएको छ । करिब ४ महिना अगाडी स्वास्थ्य चौकीमा चालकको रुपमा कार्यरत विक अविवाहित हुन् । बेपत्ता विकको खोजीमा आफन्त समेत सक्रिय छन् ।

Leave a Reply