कोरोना भाईरस (कोभिड–१९) ले गर्दा विश्व समुदाय,बजार र अर्थतन्त्र कठिन अवस्थाबाट गुज्रीरहेको छ। अझ यसले कति समयसम्मप्रभाव पारिरहने हो, यसै भन्न सकिने अवस्था देखिदैन। कोरोना महामारीका कारण उत्पन्न स्वास्थ्य संकटसंगै अब आर्थिक र खाद्य संकटको अवस्था पनि झेल्नुपर्ने देखिदै छ।मानव सभ्यताको यो कठीन घडीसंग जुध्न अब हामी सबैमा साहस,धैर्यता र उच्च मनोवलका साथ कार्य गर्ने क्षमता बनाउनु छ।

अब कोरनाले मर्ने की भोकले मर्ने ? मानिसको आर्थिक,सामाजिक अवस्था र उत्पादन जीवन बाँच्ने आधारसंग जोडीन्छ। जीवन बाँच्ने आधार भनेको भौतिक बस्तुहरुकोउपभोगसंग जोडीन्छ। अबको दिनमा खानपान लगायतका खर्चमा मितव्ययीता अपनाउनु आवश्यक छ।

कृषि उत्पादन लगायतका सबैप्रकारका स्थानिय उत्पादन बृद्धिमा ध्यानदिनु पर्छ। नत्र भोलीको दिनमा भोकमरीको अवस्था पनि आउन सक्छ।यसमा स्थानीय सरकारकोबिशेष ध्यानपुग्नु आवश्यक छ। लकडाउन भएको आज ५६ दिन पुरा भैसकेको छ र सरकारले थप १५ दिन लकडाउन थपेको अवस्था छ। लकडाउनका कारण देशैभरकाअधिकांस साना–मझौला, ठूला उद्योग,व्यापार व्यवसाय ठप्प छ।

यसबाट हाम्रो म्याग्दी जिल्लाका उद्योगी व्यवसायी पनि मर्माहत बन्नपुगेका छौं।जिल्लाका सबै उद्योगी व्यवसायी भोलीको दिनमा व्यापार व्यवसाय संचालन गर्न सक्छौ की सक्दैनौ भनेर चिन्तित छौं।बैकव्याजदर कम हुनु पर्ने,सहुलियत व्याजदरमा पुन कर्जाको व्यवस्था र घर भाडा छुटको बिषयलाई लिएर अधिकांस व्यवसायीहरुले म्याग्दीउद्योग वाणिज्य संघको पहल रहोस् भनेर बारम्बार भनिरहेका छ ।

वास्तवमा आफ्नो सदस्यहरुले यो संकटको समयमा आफ्नो छातासंघसंग गुहार माग्नु जायज पनि हो।हाम्रो व्यापार व्यवसाय लगायतका क्षेत्र रेमिट्यान्सबाट भित्रिने रकमले चलायमान बनाएको अवस्थाथियो।साथै जिल्लामा आउने आन्तरीक तथा बाह्य पर्यटकहरुका कारण हाम्रा उद्योग,व्यापार व्यवसाय चलायमान बनाउनमा सहयोगपुगेको थियो ।

जिल्लामा पर्यटन पूर्वाधार निर्माणमा स्थानीय सरकारले पनि चासो दिईरहेको अवस्था थियो भने निजी क्षेत्रले पनि पर्यटनक्षेत्रमा लगानी बढाउदै गरेको अवस्था थियो।कोरोना महामारीको कारण पर्यटन क्षेत्र लामो समयसम्म थला पर्ने देखिएको छ ।

यसले योसंग संम्बन्धित उद्योग,व्यापार,व्यवसायमा ठूलो असर पुर्याउने देखिएको छ।विश्व बजारमा लाखौंको संख्यामा रोजगारी गुम्ने अवस्थासृजना हुदै छ। नेपाल राष्ट्र बैकको तथ्यांक अनुसार १७२ राष्ट्रमा रोजगारीका लागि नेपालीहरु पुगेका छन्।रेमिट्यान्य भित्राउने अग्रणीजिल्लाको रुपमा हाम्रो जिल्ला पनि पर्छ। रेमिट्यान्स घट्दा भोली सामाजिक समस्या निम्तिने र आर्थिक क्षेत्र उद्योग ,व्यापार,बैक,सहकारी,शिक्षा लगायतको क्षेत्रमा यसको सिधा असर पर्ने देखिन्छ।

भोली रोजगारी गुमाएर फर्किने जनशक्तिलाई स्वरोजगार बनाईउत्पादन मुलक कृषि लगायतका स्थानीय उत्पादनका क्षेत्रमा लगाउने वातावरणको लागि तिनै तहको सरकार र निजी क्षेत्रको तयारीअहिल्यै देखि हुनु आवश्यक छ। स्थानीय सरकार,उद्योग वाणिज्य संघ र सरोकारवाला पक्ष सबैमा सहकार्य हुनु अत्यन्त आवश्यक छ।

हाम्रो जिल्लामा हामीसंग अन्दाजी २५५-३०५ व्यवसायीहरु अत्यन्तै सानो पूँजी लगानी गरी व्यवसाय संचालन गरेका छन। रोजगारीप्राप्त नहनु ,बैदेशिक रोजगारीमा जाने वातावरण नमिल्नु आदी कारणले आफ्नो र परिवारको जिवन गुजारा गर्न बाध्यताले व्यवसायमाहात हालेको अवस्था छ।

अब यो लकडाउन थप हुदै जाने हो भने व्यवसायीहरु धरासायी हुने अवस्थामा छ। साना व्यवसायीहरुकोअवस्था साह्रै दयनिय छ।यिनीहरुलाई पुनः व्यवसाय संचालन गर्न सक्ने बनाउन सरकारबाट सहुलियत ब्याजदरमा ३र४ बर्षमा किस्तामातिर्ने गरी श्रृण उपलब्ध हुने व्यवस्था गर्नु आवश्यक छ।यदी यी व्यवसायीहरु आफै स्वरोजगार बन्ने अवस्था रहेन भने बेरोजगारको संख्या थपिनेछ र यसले स्वयं राज्यलाई गाह्रो बनाउने छ।

अन्य जिल्लाको अवस्था पनि करीब-करीब यस्तै हो। यसमा स्थानीय सरकारको पनि ध्यान पुग्नु आवश्यक छ।कोरोना भाईरस महामारी अन्त्य हुन लामो समय लाग्न सक्ने चेतावनी स्वास्थकर्मीहरुले दिईरहेका छन्।हाम्रो अर्थतन्त्रले पनि योलकडाउनलाई कति समयसम्म थाम्न सक्छ?हामी उद्योगी व्यवसायीहरुले पनि आफ्नो कर्म अझ कति दिनसम्म बन्द गर्न सक्छौ? अन्यराष्ट्रिहरुले यो संकटमा कस्तो खालको राहत सुबिधा र सुरक्षा बिधि प्रयोग गरी अर्थतन्त्र चलायमान बनाउदै छन।

यो बिषयमा सरकारले अध्ययन गरीकोरोना संक्रमित नदेखिएको जिल्लामा क्रमिकरुपमा बिस्तारै स्वास्थ्य सुरक्षा विधि अपनाई बजार खोल्नु पर्छ। अब कोरोना कहरबाट अत्तालिएर,डराएर मात्रै हुदैन। सुरुको अवस्थामा सरकार र जनता हामी सबैले गम्भिर रुपमा लिएनौ।

राजनितिक खिचातानी तथा स्वास्थ्य सामाग्री खरिद प्रकरणमा भएका ढिलाई र कमी कमजोरीका कारण एक ढिक्का भएर हाम्रो पुरा ध्यान संक्रमणन्यूनीकरणमा पुगेन। तर अब गल्ती कमजोरीबाट शिक्षा लिई संक्रमण न्यूनीकरण गर्न बढी भन्दा बढी टेष्टगर्ने,क्वारेन्टाईन,आईसोलेसनको क्षमता बृद्धि गर्ने र स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामाग्री प्रयाप्त मात्रामा उपलब्ध गराउनेलगायतका स्वास्थ्य संम्बन्धि कार्य गर्नु पर्दछ। हामी उद्योगी व्यवसायी र बैक बिच नड. मासुको संम्बन्ध हुनु पर्नेमा पछिल्लो समय अलि बढी तिक्तताको महशुस भैरहेको छ।

कतिपय हामी व्यवसायीहरुको पनि बैकमा लगानी छ। अर्थतन्त्र चलायमान गराउन सबै प्रकारको उद्योग व्यवसाय,बैंक र आर्थिक क्रियाकलाप गर्नेसबै क्षेत्र बाँच्नु पर्छ। हामी सबैको ध्यान सबै प्रकारको आर्थिक क्रियाकलाप गर्ने पक्षहरू बाँच्ने र बचाउनेमा हुनु पर्छ। यो संकटको

समयमासरकारले पनि करका दरमा केही कमी गर्ने र बैंकहरुले पनि लाभांसका दर केही घटाउने गरी कार्य गर्नु पर्छ।अनि मात्र अर्थतन्त्रको चक्रचल्छ।सबै प्रकारको आर्थिक क्रियाकलाप भए बैक चल्ने हो।सरकारको ढुकुटीमा राजश्व संकलन हुने हो र त्यसबाट आम जनता लाभान्वित हुने हो।

यो महासंकटमा हामी उद्योगी व्यवसायीलाई नगद अनुदान चाँहिदैन। सर्वसुलभ ढंगले हाम्रो व्यवसायलाई आगामी दिनमा निरन्तरता दिनसकिने गरी सुलभ र सरल कर्जा व्यवस्थापनको संबोधन अब आउने बजेटले गरोस। सबै क्षेत्रको अभिभावकको भूमिका सरकारले निभाओस।यो संकटपूर्ण अवस्थामा दैनिक ज्याला मजदुरी गर्ने मजदुर र सडक व्यापार गर्नेहरु साह्रै मर्कामा छन्।

यो वर्गले सरकारबाट राहत प्याकेजको आशा गर्नु स्वभाविक हो।जनतालाई भोकै मर्न सरकारले दिनु भएन।संक्रमण नदेखिएको जिल्लाहरुमा विकास निर्माणकाकाम सृजना गर्ने ,यसले रोजगारी सृजना गर्छ,व्यवसाय चलायमान गराउछ। तर लकडाउन लम्बिदै जाने हो भने यसले सबै पक्षलाई अप्ठेरोमा पार्नेछ। हाम्रो चिन्ता भनेको व्यवसायलाई कसरी जिवन्त राख्न सकिन्छभन्ने हो। अब आउने दिनमा जिल्लामा भित्रिने रेमिट्यान्स स्रोत,पर्यटन र यससंग संम्बन्धित व्यवसायमा ठूलो असर देखिदै छ। हामीले यसको पूर्तिकसरी गर्न सक्छौं।यो बिषयमा स्थानीय र प्रदेश सरकारले आउदा बर्षको बजेट निर्माणमा ध्यान पुर्याउनु आवश्यक छ। हाम्रो कृषि उत्पादन ? लेखक म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष हुन् ।