म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दग्नाममा परम्परागतरुपमा दुई गाउँको लिङ्गो जुधाइ प्रतियोगिताले यसवर्ष पनि निरन्तरता पाएको छ । विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ को जोखिमलाई मध्यनजर गरी विगतमा हुने मेलापर्व लगायतका कार्यक्रमहरू स्थगित गरिएपनि कोरोना भाइरबाट मृत्यु भएकाको चिरशान्तिको कामनासँगै संक्रमितलाई स्वास्थ्य लाभको कामना भूमे थानमा पूजाआजा समेत गरिएको थियो ।

प्रकृति पूजाका रुपमा चिनिने भूमे देवतालाई खुसी बनाउन सामाजिक दुरी कायम गरी आयोजित प्रतियोगितामा गैरी गाउँ प्रथम भएको छ ।

गतबर्षको विजेता कान्छी गाउँ यसपटक उपविजेता भएको दग्नामका यूवा मोहन तिजिलाले बेनीअनलाइनलाई बताए । करिब आधा घण्टा दुई गाउँबीच लिङ्गो जुधाउने प्रतियोगितामा गैरीगाउँ विजय भएको थियो ।साविकको दग्नाम गाविसमा स्थानीयले परम्परा अनुसार नै दुई वटा गाउँमा विभाजन गरी सामुहिक पूजाआजा गर्ने गरेका छन् । तस्वीर गतबर्षको आयोजित प्रतियोगिताको हो ।

भूमे पूजाका अवसरमा स्थानीयवासीले एकै दिन सामे भूमे, सिद्ध भूमे, दवी, देउराली, भारा, खोला र मण्डलीको पूजाआजा गरिएको छ ।  बर्षभरीको खेतीबाली, राम्रो होस्, प्राकृतिक प्रकोप सहित विनास नहोस्, स्थानीयको मनोकामना पुरा लगाएत भूमे देवतालाई विधि पुरा गरी पुजाआजा गर्ने गरिएको हो ।पुराना कला र संस्कृतिलाई संरक्षण गर्न यूवापुस्ताको सक्रियताले बुढापाका समेत उत्साहित छन् ।

 

Leave a Reply