गएराती एक महिलाले बेनी नगरपालिका–७,मंगलाघाटबाट म्याग्दी खोलामा हाम्फालेर आत्महत्या गरिन् । जिल्लाको रघुगंगा गाउँपालिका–२, विष्णु जैशी कोठा भाडामा लिएर बस्दै आएकी थिइन् ।

उत्तरी म्याग्दीको रघुगंगा गाउपालिका–२, रिठाबोटबाट कालीगण्डकी नदीमा एम्बुलेन्स सहित खसेर बेपत्ता भएका मुस्ताङ लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट चालक २१ वर्षीय सुजन विश्वकर्माको खोजीकार्यमा जुटेको टोलीले कुस्मा नगरपालिका–१ राजाको बगरमा जैशीको शब भेट्यो ।

कालिगण्डकीमा बेवारिसे शब देखेपछि स्थानीयले प्रहरीका खवर गरेपछि बेपत्ता चालकको शब भएको अनुमान गरी पुगेको टोलीले महिलाको शब बरामत गरेलगत्तै खोजीकार्य गर्ने क्रममा बेपत्ता महिलाको परिवारबाट समेत खोजीकार्यको अनुरोध आएपछि मात्रै आत्महत्याको घटना पत्ता लागेको थियो ।

प्रहरीले आत्महत्याको कारण खोज्दै जाँदा महिलाले आत्महत्या गर्नुको कारण मानसिक रोग भएको सुसाइट नोटमा उल्लेख गरेकी छन् । आत्महत्याको कारण आफुँभित्रको रोग भएको बताएकी महिलाले मानसिक औषधीका बारेमा समेत लेखेकी छन् । मंगलबार पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुना स्थित पैयुपाटा बस्ने २२ बर्षिय रक बहादुर रोकाले २ तल्ले घरको माथिल्लो तल्लाको कोठाको दलिनमा नाईलको डोरी बाँधी घाँटिमा पासो लगाई झुण्डिएर आत्महत्या गरे । मृतक रोकालाई अन्तेष्टीका लागि घाटमा लैजाँदै गरेको अवस्थामा दिउँसो साढे २ बजे प्रहरीलाई जानकारी आएपछि दरबाङबाट प्रहरी निरिक्षक राजेन्द्र प्रसाद अधिकारी र प्रहरी चौकी मुनाबाट प्रसानी डिल बहादुर गौचनको टोलीले बाटोमै रोकेर पोष्टमार्टका गर्ने जनाएपछि अन्तेष्टी रोकिएको प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बताए ।

‘विभिन्न कारणले आत्महत्याको घटना बढ्दै छ,‘विगतको तुलनामा कम भएपनि ह्वात्तै घटेको छैन’ प्रहरी निरिक्षक शर्माले भने । गतबर्ष १ विष र २४ झुण्डी गरी २५ जनाले आत्महत्या गरेका थिए । चालु आवमा १६ जनाले आत्महत्या गरेका छन्। जसमा १३ जना भुण्डी र अन्य ३ जना रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ । लकडाउन यता दुई आत्महत्याको घटना घटेको छ।

जिल्लामा आत्महत्याको बाटो रोज्नेमा कलिला बालबालिका समेत रहेकाले जनचेतनामुलक अभियानसँगै सम्भावित जोखिमको पहिचान आवश्यक रहेको बेनी अस्पतालका क्लिनिकल प्रमुख डा. नवराज बस्ताकोटीले बताए । ‘आत्महत्याको बाटो रोज्नेमा मानसिक रोगी धेरै हुन्छन्,‘एकपटक प्रयास असफल भएकाले अर्को पटक प्रयास गरेको देखिन्छ’ डा. बस्ताकोटीले बेनीअनलाइलाई भने । पहिलो प्रयास असफल भएर अस्पतालमा आउने बिरामीलाई दुईतिन दिनसम्म परामर्श दिएर पठाउने गरेको बताए ।

डा. बस्ताकोटीले अनुसार कडा खालको मानसिक रोगीले अनौठो व्यवहार गर्ने, असामान्य व्यवहार, नभनेको कुरा सुन्ने र समान्य खालको मानसिक रोगीमा निद्राको समस्या हुने, मन डराउने, उदासिपन बढ्ने जस्ता समस्या हुने भएकाले समयमै उपचारले निको हुने भएकाले मानसिक रोगीलाई सम्मान र साथ आवश्यक रहेको बताए ।

एकपटक आत्महत्याको प्रयास असफल भएलगत्तै परामर्श, समस्याको पहिचान तथा उपचार गर्न सकिएमा आत्महत्या घटाउन सकिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने डा. बस्ताकोटीको जोड छ ।

डरलाग्दो समस्याका रुपमा देखिएको आत्महत्याको बाटो रोज्नेमा अशिक्षा, अनिच्छित गर्भधारण, मानसीक रोगीलाई उपचारको अभाव, गरिवी, अशिक्षा दिर्घरोगी,आवेक,उच्च महत्वकांक्षा पुरा गर्न नसकेका लगायतका कारण मानिन्छ। आत्महत्या गर्नु अघि लेखिएका सुसाइठ नोट अध्ययन गर्दा एकपटकको प्रयासलाई सफल बनाउन अर्को प्रयास गरेको देखिन्छ।

 

Leave a Reply