कोरोना भाइरसबाट बच्नाका लागि भारतले लागु गरेको लकडाउनमा म्याग्दीका ५ जना सहित २४ जना मजदुर फसेका छन् । रोजगारीको सिलसिलामा भारतको दिल्ली गएका उनीहरु फर्किने क्रममा हरिद्धारमा अलपत्र परेका हुन् । भारतमा अलपत्र परेका म्याग्दी बागलुङ, पोखरा र २४ जना मजदुरले आफ्नो देश फर्काइदिन आग्रह गरेका छन् ।

भारतको हरिद्धार क्षेत्रमा अलपत्र परेका बागलुङका १०, कास्कीका ९ र म्याग्दीका ५ जना मजदुरले नेपाल फर्काइदिन अनुरोध गरेका हुन् ।भारतको दिल्लीमा होटलमा काम गर्दै आएका उनीहरु विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण रोजगारी गुमेपछि हिडेर नेपाल आउने क्रममा हरिद्धारमा प्रहरीले समातेर क्वारेन्टाइनमा राखेको हो ।

उक्त टोलीमा म्याग्दीको मंगला गाउँपालिका–३ र ४ का ५ जना, बागलुङको गल्कोट नगरपालिका–१ का १ जना, काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जा र ४ तंग्रामका ९ जना, कास्कीको लेखनाथ नगरपालिकाका ९ जना रहेका छन् । रोजगारी गुमेपछि नेपाल फर्किने क्रममा हरिद्धारको प्रहरीले पक्राउ गरि क्वारेन्टाइनमा राखेको छ । ५० दिनदेखि क्वारेन्टाइनमा रहेपनि नेपाल फर्किन भारतीय प्रहरीले नदिएको नेपालीको भनाई छ ।

‘हामी ५० दिनदेखि भारतको हरिद्धार भन्ने स्थानमा क्वारेन्टाइनमा रहेका छौं,’ बागलुङका ओम मगरले भने–‘हामीले यहाँको प्रहरीलाई नेपाल फर्काइदिन भन्दा अन्तराष्ट्रिय मामिला रहेको र नेपाल सरकारले भनेपछि मात्र फकाईदिन सक्ने बताइएको छ । क्वारेन्टाइनमा हामीलाई कैदिलाई जस्तो व्यवहार भयो पीडितको भनाई छ ।

पहिलेका सवैको कोरोना परीक्षण हुँदा नेगेटिभ आएको र अहिले भारतको गुजराज राज्यको अहमदाबादबाट थप ५ जना नेपालीलाई पक्राउ गरि क्वारेन्टाइनमा राखेकोले असुरक्षित महशुष भएको मगरले जानकारी दिए ।‘यहाँ कोरोना संक्रमितको संख्या बढी रहेको छ, नयाँ ल्याइएका ५ जनाको कोरोना परीक्षण गरिएको छैन र हामीसँगै राखिएको छ,’ मगरले भने–‘हाम्रो उद्धार नहुँदा हामीलाई असुरक्षित महशुष भएको छ ।

’हरिद्धारको रुस्नाबाद भन्ने स्थानमा रहेका उनीहरुले पछिल्लो समय उक्त स्थानमा कोरोना संक्रमण बढ्दो रहेकोले आफुहरुलाई चाडो घर फकाईदिन सम्बन्धित निकायहरुलाई अनुरोध गरेका छन् । थापाले आफुहरु नेपाल आएपछि क्वारेन्टाइनमा बस्नराजी रहेको र जति सक्दो चाडो उद्धार गरिदिन नेपाल सरकार र सम्बन्धित पालिकाहरुलाई अनुरोध गरेका छन् ।

Leave a Reply