दुवै मृगौला खरावी भएपछि जिल्लाको धवलागिरी गाउँपालिका-२ खोरियाका राजकुमार पुर्जाले सहयोगको याचना गरेका छन् । करिब ६ महिना अगाडी दुवै मृगौलाले काम नगरेपछि उपचारर्थ पूर्जाले नियमित डायलिसिस, औषधी लगायत आवश्यक खर्चको अभावले समस्या भइरहेको बताएका छन् ।

‘आफन्तको घरमा बसेर हप्तामा २ पटक डायलासिस गर्दछु,‘घरमने आर्थिक अवस्था पनि नाजुक छ’ पूर्जाले बेनीअनलाइनलाई भने । उनले काठमाण्डौमा आफन्त कमल पूर्जाको घरमा बसेर उपचार गराइरहेका छन् । अहिलेसम्म पूर्जाले नै अस्पतालमा ल्याउने तथा लैजाने आवश्यक सहयोग गरेपनि मृगौला प्रत्यारोपण चरणसम्म आवश्यक पर्ने खर्चको अभाव रहेको उनले बताए ।

समान्य कृषि पेशामा संलग्न पूर्जाको एक श्रीमित र एक छोरा छन् । भारतमै रोजगारको क्रममा बुबा गुन्जबहादुरलाई गुमाएका पीडितका आफन्तले समेत नियमित उपचार सहितको अभियानमा सहयोग गर्न अपिल गरेका छन् । मृगौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक क्षमता नभएपछि सहयोगको याचना गर्नुपरेको पीडितका आफन्तको भनाई छ । लुलाङबाट स्वदेश तथा विदेशमा रहेकालाई आर्थिक सहयोगको अभियान सञ्चालन गरेर जीवन रक्षा गर्न समेत अपिल गरिएको छ ।

पीडित राजकुमार पुर्जाको नं 9840425410 मा सम्पर्क गर्न सक्नुहुन्छ

Leave a Reply