गत साउन महिनामा विवाह गरेकी बेनपा–३ की २१ बर्षिया एक यूवतीले घाँस काट्न जंगलमा गएको बेलामा बिहिबार घर नजिकैको जङ्गलमा घाँस काट्न गएको अवस्थामा आफ्नै सलले घाटीमा पासो लगाएर झुण्डिइन् । म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम बर्षमा अध्ययनरत यूवतीको मृत्युले गाउँ नै स्तब्ध छ । घाँस काट्न गएर अबेरसम्म नआएपछि खोजीकार्यको क्रममा मृत अवस्थामा भेटिएकी यूवतीको पोष्टमार्टमपछि शुक्रबार परिवारले अन्त्येष्टि गरेका छन् ।

black and white of sad woman hug her knee and cry. Sad woman sitting alone in a empty room beside window or door

सोमबार बेनपा–७ मंगलाघाटबाट एक महिलाले म्याग्दी खोलामा हाम फालेर ज्यान फालिन् । कुस्मा नगरपालिका–१ राजाको बगरमा भेएिको महिलाको शव मंगलबार भेटियो । महिलाको शब पोष्टमार्टम गर्न नपाउँदै मंगलबार नै पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुना २२ बर्षिय यूवाले घरको माथिल्लो तल्लाको कोठाको दलिनमा नाईलको डोरीमा बेरिएको अवस्थामा परिवारले भेटाए ।एक हप्तामै म्याग्दीमा तीनजनाले आत्महत्या गरेका छन् ।

 

म्याग्दीमा डरलाग्दो सामाजिक समस्याको रुपमा देखिएको आत्महत्याको पछिल्लो घटनामा खोलामा हाम फालेकी महिला मानसिक रोगी भएपनि अन्य दुई जनाले आवेगमा आएर मृत्यु रोजेको हुनसक्ने अनुमान गरिएपनि पोष्टमार्टम रिर्पोट र थप अनुसन्धान बाँकी रहेको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बताउनुभयो। ‘पूराना घटनामा आवेगमा आएर आत्महत्याको बाटो रोजेको देखिन्छ,‘ब्यापक जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ’ प्रनाउ कुँवरले भन्नुभयो ।

पारिवारिक सम्बन्धको दुरी, सानो विवादमा समेत आवेगमा आएर आत्महत्या गर्नेको संख्या अत्याधिक रहेकाले विद्यालय, समुदाय तथा जिल्लास्तरमा समेत आत्महत्या ब्यक्तिगतभन्दा पारिवारिक, समाज र राष्ट्रलाई नै ठूलो नोक्सानी भएको सन्देश सहित आत्महत्या रोक्न सकिने कारणहरूको पहिचान गर्नुपर्ने प्रनाउ कुँवरको भनाई छ ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन जारी लकडाउनको अवधिमा एकै हप्तामा घटेको घटनालाई न्यूनिकरण गर्न एकपटक आत्महत्याको प्रयास गरेकालाई निगरानीमा राख्ने, आवश्यक मनोबैज्ञानिक परामर्श सहित समस्याका बारेमा चिकित्सकलाई समेत जानकारी गराउनुपर्नेमा जोड दिइएको छ । गतबर्ष १ विष र २४ झुण्डी गरी २५ जनाले आत्महत्या गरेका थिए ।

चालु आवको जेठ महिनामा १७ जनाले आत्महत्या गरेका छन्। जसमा १३ जना भुण्डी र अन्य ३ जना रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ । यस हप्तामा आत्महत्या गरेकामध्ये एकजनाले पटकपटक प्रयास गरेको देखिएको बेनी अस्पतालका क्लिनिकल प्रमुख डा. नवराज बस्ताकोटीले बताउनुभयो ।‘आत्महत्याले समस्या समाधान हुदैन, थप समस्या निम्त्याउँछ’ डा. बस्ताकोटीले भन्नुभयो ।

म्याग्दी जस्तो सानो जिल्लामा एकै हप्तामा तीन आत्महत्याका घटन हुनु चिन्ताको विषय भएकाले आत्महत्या समाधान होईन समस्या हो भन्ने सन्देशलाई फैलाउनुपर्ने बताउनुभयो । तत्कालै आवेगमा आउने एउटा रोगजस्तै भएकाले त्यसलाई नियन्त्रण गर्न सकिने बताउँदै समस्याका बारेमा तत्कालै चिकित्सकसँग परार्मश गर्नुपर्ने डा. बस्ताकोटीको भनाई छ ।

‘त्यस्ता बिरामीलाई हामीले ब्यक्तिगत मोवाईल नम्बर दिन्छौ,‘ समस्या परेमा तत्काल फोन गर्न समेत अनुरोध गछौ’ डा. बस्ताकोटीले भन्नुभयो । डा. बस्ताकोटीले एक पटक आत्महत्याको प्रयास गरेको मान्छेले फेरि प्रयास गर्ने सम्भावना बढी हुने भएकाले एकपल्ट आत्महत्या टर्यो भनेर परिवारका सदस्यले समान्य रूपमा लिन नहुने बताउनुभयो । आत्महत्या गर्न खोज्नेलाई सबैभन्दा धेरै मायाँ गर्ने, एक्लो महसुस हुन नदिने, प्रशंसा गर्ने जस्ता काम समेत गर्नुपर्ने डा. बस्ताकोटीको भनाई छ ।

Leave a Reply