एकपटक शल्यक्रिया गरेर बच्चा जन्माएकी बेनी नगरपालिका-५ की एक महिलाको पाठेघर आन्द्रामा टाँसिएको देखिएपछि दोस्रो बच्चा जन्माउँदा पनि शल्यक्रिया नै गर्नुपर्ने बाध्यात्मक अवस्था आएपछि गण्डकी हस्पिटल पोखरामा गईन् ।लकडाउनमा पास बनाएर पोखरा गएकी महिलालाई चिकित्सकले केही दिनपछि शल्यक्रिया गर्ने बताएपछि महिलाका आफन्त अलमलमा परे।

कोराना भाइरसको जोखिम, तत्कालै बेडको अभाव भएपछि चिकित्सकले केही दिनपछि शल्यक्रिया गर्ने बताएपनि परिवारले आफ्नै जिल्लामा गएर सेवा लिने भन्दै फर्किए।केही जोखिमलाई मध्यनजर गरी पोखरा गएकी महिलाको बुधबार पोखराबाट फर्किर बेनी अस्पतालमै दोस्रोपटक पनि शल्यक्रिया गरी बच्चा जन्माएकी छन् ।

पोखरामा केही दिनको बसाईपछि शल्यक्रिया हुने भएपछि आफ्नै जिल्लामा गएर सेवा लिने भन्दै फर्किएपछि सेवा दिइएको बेनी अस्पतालका डा। नवराज बस्ताकोटीले बताए ।

‘उहाँहरुलाई पोखरामा पनि सहज हुन्थ्यो,‘यहाँ फर्किएपछि हामीले शल्यक्रिया सेवा दिएका छौ’ डा। बस्ताकोटीले भने । दोस्रोपटक शल्यक्रिया गर्दा आमाको स्वास्थ्य थप कमजोर बन्न सक्ने जोखिममा समेत सेवा दिइएको बताए । विगतका बर्षको तुलनामा लकडाउनको समयमा बैशाख महिनामा मात्रै बेनी अस्पतालमा १० महिलाको शल्यक्रिया, ७२ सामान्य प्रक्रियाबाट प्रसुती, २ महिलाको भ्याकुमको प्रयोग गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमृत अधिकारीले बताए ।

‘जटिल शल्यक्रिया बेनी अस्पतालमै सम्भव छ,‘कोरोनाको त्रासका बिचमा सेवाहरु निरन्तर दिइरहेका छौ’ डा। अधिकारीले भने । अस्पतालमा पाठेघरबाहिर आन्द्रामा बच्चा बसेको, योनीभित्र कण्डम, पाठेघरमा मासु पलाएकोपिसाबको थैलोमा भएका ढुङ्गा, अण्डकोष तल नझरेको, एपेन्डिक्स, हड्डी, नसा चुँडिएका लगायत चिकित्सा क्षेत्रमै जटिल मानिएका शल्यक्रियामा सफलता प्राप्त गरेपछि बिरामीको आकर्षण समेत बढेको छ ।

बेनी अस्पतालमा आधुनिक एक्स–रे मेसिन, भिडियो एक्स–रे, महिला, बालबालिकाको उपचारमा आवश्यक पर्ने मेसिन, शल्यक्रियामा प्रयोग हुने जनरल एनेस्थेसिया ९जिए० मेसिनलगायत देशभरका जिल्ला अस्पतालमा निकै कम पाइने आधुनिक उपकरणहरू निक साइमन, विभिन्न संघसंस्थाबाट सहयोग र अस्पतालले आफैँ खरिद गरेको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

Leave a Reply