---Advertisement---

आफ्नो गाउँको बारेमा निबन्ध लेखेर पुरस्कार जित्नुहोस्

By -
On: May 21, 2020 10:10 PM
Follow Us:

काठमाडौं–लकडाउनमा घरभित्रै बसिरहेका बेला आफ्नो गाउँको विषयमा निबन्ध लेखेर पुरस्कार जित्ने मौका आएको छ। त्यसका लागि ‘पर्यटन प्रवद्र्धन मञ्च, नेपाल’ले ‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको छ।मञ्चका संयोजक लिलाराम खड्काका अनुसार जुनसुकै उमेर समूहकाले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगितामा सहभागी हुन नेपालभित्रका जुनसकै गाउँको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक र सामाजिक पक्ष समेटेर १ हजार शब्दसम्मको निबन्ध  topfnepal77@gmail.com मार्फत जेठ २० गतेभित्र पठाउनु पर्नेछ ।

‘निबन्धका साथमा गाउँको प्रकृति, संस्कृति र जीवनशैली झल्कने कम्तिमा ३ वटा तस्बिर हुनु पर्नेछ’, खड्का भन्छन्, ‘इमेलमा प्राप्त हुने निबन्धबाट छानेर उत्कृष्ट तीन निबन्धलाई ७ हजार रुपैयाँका दरले पुरस्कृत गर्नेछौं ।’

मञ्चले जेठ २५ गते उत्कृष्ट निबन्धको घोषणा गर्नेछ । ‘पर्यटकीय संभावना भएर पनि ओझेलमा परेका गाउँ÷ठाउँको सम्भावना उजागर गर्न हामीले प्रतियोगिता गरेका हौं’, उनले भने, ‘हिमाल, पहाड र तराई सबैतिर पर्यटकीय संभावना भएका थुप्रै ठाउँ छन् । त्यस्ता ठाउँलाई हामी चर्चामा ल्याउने छौं ।’पर्यटनमा विगत एक दशकदेखि समर्पित तन्नेरीहरूको संस्था हो पर्यटन प्रवद्र्धन मञ्च । यसले प्रतियोगिताबाट उजागर हुने गाउँहरूको पर्यटन विकासमा पनि सहयोग पु¥याउने जनाएको छ ।

-