लकडाउनका बेला तराईबाट लुकिछिपी जिल्लाका ग्रामिण क्षेत्रमा प्रवेश गर्ने क्रम रोकिएको छैन् । भैरहवाबाट पैदल, सडक र साईकलमा यात्रा गरी थाहा नदिई लुकिछिपीजिल्लाको मंगला गाउँपालिका–३ बरंजा पखेरमा पुगेका एक यूवालाई जनप्रतिनिधि, प्रहरी र नेपाल यूथ काउन्सिलका प्रतिनिधिले मंगला क्याम्पसको क्वारेन्टाइनमा राखेका छन् ।

म्याग्दीमा प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्दागर्दै पनि चोरबाटो प्रयोग गरेर गाउँसम्म पुगेका यूवाको जानकारी स्थानीयले दिएपछि बिहिबार साँझ क्वारेन्टाइनमा राखिएको नेपाल यूथ काउन्सिल बरंजा प्रतिनिधि हरी कँडेलले बेनीअनलाइनलाई जानकारी दिए । यस अगाडी समेत तराई क्षेत्रबाटै आएकालाई समेत क्वारेन्टाइनमा राखिएको थियो ।

छिमेकी बागलुङसँग सिमाना जोडिएको बरंजामा बागलुङको ताराखोला र काठेखोला गाउँपालिकाबाट समेत धमाधम प्रवेश गर्न थालेपछि प्रहरी र वयंसेवकका रुपमा युवाहरु परिचालन गरिएको छ । नाकामा सुरक्षा चेक जाँचमा कडाइ गरिए पनि लुकिछिपी आउनेलाई सचेत बनाइएको अव पनि विना अनुमति आएमा कारवाही गरिने मंगला गाउँपालिकाले जनाएको छ ।

Leave a Reply