नेपाल–भारत सिमानामा अलपत्र परेका म्याग्देलीको उद्धार गरिएपछि म्याग्दी बहुमुखी क्याम्पसमा थप ५१ बेडको क्बारेन्टाइन तयार गरिएको छ । करिब दुई महिनादेखि भारतको सिमानामा अलपत्र परेकाको उद्धार गरिएपछि कोभिड–१९ जिल्ला कमाण्ड पोष्टले क्याम्पसको शिक्षा संकायको भवनमा क्वारेन्टाइन तयार गरेको हो। शुक्रबार नेपाली सेनाका श्रीबक्स गुल्मबाट खटिएका सेनाका साथै विद्यार्थी संगठनका प्रतिनिधिले समेत श्रमदान गरेका थिए ।

सिमा क्षेत्रमा अलपत्र परेका म्याग्देली धमाधम आउन थालेपछि न्यू वेष्ट प्वाइन्टको क्वारेन्टाइनले अपुग भएकाले क्याम्पसमा ब्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।‘पहिलो चरणमा आउनेलाई बेनीकै क्वारेन्टाइनमा राखिने छ,‘थप आवश्यकता परेमा स्थानीय तहमा तयारी अवस्थामा रहेका क्वारेन्टाइनको बेड प्रयोग गछौ’ प्रजिअ ढकालले भन्नुभयो ।

उहाँले थप पूर्वाधार बनाउनुभन्दा स्थानीय तहमा खालि रहेका क्वारेन्टाइनलाई नै प्रयोग गर्न आवश्यक समन्वय भइहरेको बताउनुभयो । नेपाल भारतको सिमानाबाट करिब साढे २ सय जान आउने अनुमान गरिएको छ भने गण्डकी प्रदेशका जिल्लाबाट आउनेलाई समेत अव निगरानी गरिने छ । यस अगाडी बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविमा ३० बेड सहित पाँचवटै गाउँपालिकामा १७३ बेड तयारी अवस्थामा रहेकोमा मंगला गाउँपालिकामा भैरहवाबाट आएका एकजना छन् ।

क्वारेन्टाइनका लागि क्याम्पसले कोठा बाहेक खाट, तन्नाडसना, सिरक लगात आवश्यकता अनुसार सहयोग गरेको छ । क्वारेन्टाइनको जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर कटुवाल, बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर, क्याम्पस अध्यक्ष बालकृष सुबेदी, नेपाली कांग्रेसका सचिव मिन बहादुर कार्की लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply