बेनी नगरपालिका–८, गणेशटोलमा घुम्न हिडेका चारजनालाई प्रहरीले रोकेर घर फकाईदियो । विद्युत प्राधिकरण आसपासका क्षेत्रमा खटिएका प्रहरीले बेनीमा जोखिम बढेको भन्दै अनावश्यक काममा नहिड्न पैदलयात्रीलाई आवतजावतमा रोक लगाएका थिए ।

बिहिबारदेखि बेनीबजार तथा आसपासका क्षेत्रमा प्रहरीले पैदलयात्रीलाई समेत निगरानी बढाएको छ । लकडाउन अवज्ञा गर्दै सडकमा हिड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर सडकमा नै कारवाही गर्न शुरु गरेको छ । न्यूरोडमा होटल ब्यवसाय गर्ने एक यूवालाई प्रहरीले हुलाकचोकमा करिब १५ मिनेट होल्डमा राखेर सम्झाउदै पठाएको थियो ।

प्रहरीको चेकपोष्टमा समेत पास विना सवारीसाधन सञ्चालन गर्ने, पैदल हिड्नेलाई नियन्त्रणमा लिने प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बेनीअनलाइनलाई बताउनुभयो । ‘अब केही दिन म्याग्दीमा उच्च सर्तकता आवश्यकता छ,‘अटेर गर्नेलाई थुनेर समेत कारवाही गछौ’ कुँबरले भन्नुभयो ।

प्रहरीले तोकिएको बाहेक खुल्ने पसल बन्द गराउने र सञ्चालकलाइर्ए नियन्त्रणमा लिने चेतावनी दिएको छ । सडकमा अनावश्यक भेट्नेलाई कोरोना संक्रमण र सामाजिक दुरी कायमका बिषयमा प्रहरीले जानकारी गराउने छ । लकडाउनको पालना नगर्ने र घर बाहिर आएर अनावश्यक हिड्ने माथि अब संक्रमण ऐन २०२० अनुसार कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नियमित, मोवाईल तथा छड्के अनुगमनमा प्रहरीकै अगाडी लकडाउन उल्लंघन भएको देखिएमा प्रहरीलाई समेत निगरानी गरिएको छ । डिउटीमै खटिएका प्रहरीको निगरानी र अनुगमन गर्न प्रहरी निरिक्षक धुब्रप्रसाद शर्मा र डाक्टर प्रसाद चौधरी समेत खटिएका छन् ।

Leave a Reply