कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गरी फ्रन्टलाइमा खटिएका प्रहरीलाई कार्यक्षेत्र आसपासमै राखिने भएको छ। काठमाण्डौ लगायत देशका विभिन्न जिल्लामा खटिएका प्रहरीलाई समेत कोरोना देखिएपछि म्याग्दी प्रहरीले कार्यालय बाहिरखटिएकालाई डिउटीस्थलमै सुत्ने, खाने ब्यवस्था मिलाएको हो ।लकडाउनमा कडाई गर्न खटिएकामा संक्रमणको जोखिमलाई मध्यनजर गरी बेनीबजारको विभिन्न स्थानमा करिब १२ वटा ब्लक बनाउने प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो ।

‘बजारको सुरक्षामा खटिएकालाई उचित ब्यवस्थापन गरिने बताउँदै संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न एक यूनिटमा खटिएकाले अर्को यूनिटमा जान नपाउने, बस्न नपाउने र सामाजिक दुरी कायम गरी गस्ती गर्नुपर्ने बताइएको छ । समुदायमा रहेका सार्वजनिक भवन तथा ब्यक्तिगत रुपमा रहेका जमिनहरुमा टेन्ट राखिने छ । प्रहरीले गस्ती अनुसार बस्ने संरचना तयारी सुरू गरेको छ ।

कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि २४ सै घण्टा डिउटीमा खटिएकमा संक्रमणको जोखिमसँगै व्यस्तता बढेको प्रनाउ कुँवरको भनाई छ। एकदुई जनामा संक्रमण देखिए कार्यालय नै सिल गर्नुपर्ने अवस्थामा जिल्ला बाहिरबाट जनशक्ती ल्याउनुपर्ने र ब्यवस्थापनमा समेत समस्या हुने भएकाले आवश्यक सर्तकता अपनाएर डिउटीमा खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिमित सुरक्षा सामाग्रीको भरमा प्रहरीको सक्रियता हवत्तै बढेको छ । महामारी त्रासका कारण प्रहरीले आराम गर्न समेत नपाउने अवस्था रहेको एक प्रहरीले बताए । ‘गाउँ र सहरमा डिउटीको लोड बढेको छ,‘लकडाउन उल्लंघन गर्नेलाई सचेतदेखि सिमानाबाट प्रवेश रोक्नुपरेको छ’ एक प्रहरीले भने। सदरमुकाम बेनी सहित जिल्लाका सबै स्थानीय तहमा प्रहरीले समुदायसँग सहकार्य गरी गस्ती गरिरहेको छ । यसैबीच सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको स्बाव समेत परीक्षण गरिएको छ।

Leave a Reply