उत्तरी म्याग्दीको रघुगंगा गाउपालिका-२, रिठाबोटबाट कालीगण्डकी नदीमा खसेको एम्बुलेन्सका चालकको शव भेटिएको छ । गत आइतबार मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट सुत्केरी लिन बेनीतर्फ आइरहेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स सडकबाट कालीगण्डकीमा खस्दा बेपत्ता भएका थासाङ गाउपालिका–४ का २१ वर्षीय सुजन विश्वकर्माको शव शुक्रबार साँझ पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा भेटिएको हो ।
बेनपा–९ गलेश्वरको दोभानमा शव देखिएको सूचनाको आधारमा खोजीकार्य गर्दा पर्वतको फर्सेमा भेटिएको नेपाल रेडक्रस सोसाईटी म्याग्दीका उपमन्त्री सुरत केसीले बेनीअनलाइनलाई बताए । बेपत्ता चालकको खोजीमा प्रहरी नायव उपरीक्षक किरण कुँवर सहितको टोली समेत घटनास्थलमा पुगेका थिए।  करिब ४ महिना अगाडी स्वास्थ्य चौकीमा चालकको रुपमा कार्यरत विक सवार एम्बुलेन्स यस अगाडी नै भेटिएको छ । मृतक चालकको पोष्टमार्टम गरी परिवारको जिम्मा लगाईने प्रहरीले जनाएको छ ।

Leave a Reply