नेपाल–भारत सिमामा अलपत्र परेका म्याग्देलीलाई लिएर आएका बसका चालक खुलआम रुपमा घुम्दै हिँडेको गरेको अवस्थामा भेटिएका छन् । करिब दुई महिना भारतमा अलपत्र परेका बेनी नगरपालिका, अन्नपूर्ण र मालिका गाउँपालिकाका ११ जनालाई लिएर आएको ना ५ ख २८९८ नं को बसका चालक कालिपुलको ग्यारेजमा भेटिएका थिए ।

बेनीबजार प्रवेशद्धार नजिक रहेका ग्यारेजमा कोराना प्रभावित क्षेत्रबाट यात्रु लिएर आएका चालकले आफ्नो बसमा सेनिटाइजरको छर्किएको भन्दै कुनै समस्या नभएको दावी गरेका थिए।‘मेरो रहर होईन बाध्यता हो,‘यसलाई गलत नसम्झनुहोस्’ चालकले भने । रोजगारको सिलसिलामा भारतमा पुगेका म्याग्देलीलाई उद्धार गरी बेनीको न्यू वेष्ट प्वाइन्टको क्वारेन्टाइनमा राखेर बाहिर निस्किएका चालक बेनीबजार आसपासका क्षेत्रमा घुम्दा संक्रमणको जोखिम समेत बढेको छ ।चालक क्वारेन्टाइनमा बस्नुपर्नेमा ग्यारेजमा बस नै लिएर पुगेका थिए ।

चालकले भने थप यात्रुलाई समेत ल्याउनुपर्ने भएकाले आफुँले बस सरसफाई गरी जाने तयारीमा रहेको बताए । चालक समान्य अवस्थामा देखिएका छन् । फलामको प्रयोग गर्नेले अनिवार्य मेलिकल पञ्जा लगाउनुपर्छ । कोरोना भाइसर सबैभन्दा बढी समय फलाममा जीवित रहन सक्ने विश्व स्वास्थ्य संगठनले नै बताउँदै आएको छ ।

अन्य वस्तुमा भन्दा फलाममा १२ घण्टासम्म कोरोना भाइरस जीवित रह्ने अवस्थामा कोरोना संक्रमण फैलिएको क्षेत्रबाट यात्रु बोकेर आएका चालक सार्वजनिक स्थानमा देखिएपछि थप सर्तकता अपनाउनुपर्ने स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन्। ‘फलाम तथा फलामबाट बनेको कुनै पनि वस्तु छोइसकेपछि राम्ररी साबुन पानीले हात धुनुपर्छ,‘संक्रमण फैलिएको क्षेत्रबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्छ’ एक चिकित्सकले बेनीअनलाइनलाई भने ।

फलामलाई छुदै नछुने र छोएपनि पञ्जा लगाएरमात्रै छुँदा पनि रोग लाग्नबाट बच्न सकिने भएकाले फलामका सामानमा खेल्नेहरुले पञ्जा नलगाएमा अर्कोमा समेत संक्रणम फैलिने सम्भावना रहेको चिकित्कको भनाई छ ।

यस अगाडी कोभिड–१९ म्याग्दी कामाण्ड पोष्टले बाहिरी जिल्लाबाट आएका चालकलाई बाहिर निस्कन नदिने निर्णय गरेपनि सामान ढुवानी गर्ने चालक लुकिछिपी बजारमा हिड्ने गरेको गुनासो समेत गरिएको छ । लामो यात्रामा आएको भन्दै आरम गर्न जान्छु भन्दै अटेर गर्ने गरेको पाइएको छ ।

Leave a Reply