आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार नेपालमा भन्दा विदेशमा धेरै हुन्छ। धर्तीमा पाइला टेकेको दिनलाई आफन्त, साथीभाईलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउने संस्कार नै बसिसकेको छ । जन्मदिनमा फजुल खर्चलाई निरुत्साहित गदैं एक ब्यक्तिले आफ्नो जन्मदिनको अवसरमा अमेरिकाबाट मृगौला पीडित र अपाङलाई आर्थिक सहयोग गरेका छन् ।

जिल्लाको रघुगंगा गाउँपालिका–३, मौवाफाँट घर भएका दिनेश सुबेदीले मृगौला प्रत्यारोपणको चरणमा रहेकी निशा सुबेदीलाई ३० हजार र अपाङ्गता भएकै कारण श्रीमतिको उपचारमा समस्या झेल्दै आएका बेनपा–६ घर भई हाल क्याम्पसचोकमा बस्ने नरबहादुर खत्रीलाई ५ हजार सहयोग गरेका छन् । उनले जन्मदिनको अवसरमा गरेको सहयोग कान्छो बुबा बालकृष्ण सुबेदीले सुबेदीको उपचार अभियानका संयोज नेत्रराज सुबेदी र खत्रीलाई कोठमै पुगेर हस्तान्तरण गरेका थिए । ‘यो समयम जन्मदिन मनाउने कुरै भएन्,‘सानो सहयोगलाई जन्मदिनमै हस्तान्तरण गरेको छु’ सुबेदीले बेनीअनलाइनलाई भने ।

उनका अनुसार मृगौला पीडित सुबेदीको उपचारमा भविस्यमा समेत आफ्नो र साथीभाईबाट समेत अभियान सञ्चालन गर्ने बताए । त्यस्तै अपाङ् खत्रीलाई समेत विगतमा समेत सहयोग गदैं आइरहेकाले भविस्यमा समेत सहयोग गर्ने बताए। जन्मदिनको अवसरमा मानवीय तथा सामाजिक कार्यलाई भविस्यमा समेत निरन्तर सहयोग गर्ने सुबेदीले प्रतिबद्धता जनाए ।

Leave a Reply