म्याग्दीको सदरमुकाम बेनीमा बिनाकारण सडकमा निस्कनेहरुलाई भेटिएकै ठाउँमा ‘अब बाहिर ननिस्कने’ प्रतिबद्धता जनाउनुपर्ने भएको छ । छिमेकी राष्ट्र भारत र कोरोना संक्रमण फैलिएका क्षेत्रबाट उद्धार गरी क्वारेन्टाइनमा राखिएको र देशभर दैनिकजसो संक्रमितको संख्या ह्वात्तै बढेपछि म्याग्दी प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई उभ्याउने नीति प्रहरीले लिएको हो ।

बेनीबजार प्रवेश गर्ने नाकाहरु सहित बजार क्षेत्रमा खटिएका प्रहरीले विनाकारण आवतजावत गर्नेलाई सडकमै होल्ड गरिने प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बेनीअनलाइनलाई बताउनुभयो । दैनिक ३० देखि ५० जनालाई होल्ड गर्ने गरिएको बताउँदै पुनः लकडाउन उल्लंघन गरेमा नियन्त्रणमा लिन निर्देशन समेत दिइएको छ ।

‘प्रमाणसहितको कारण नभएकालाई आवश्यकता अनुसार होल्ड गरिन्छ,‘अभद्र ब्यवहार गर्नेलाई नियन्त्रणमा लिएर कारवाही गछौं’ शर्माले भन्नुभयो । औषधोपचार, वित्तिय कारोबार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा आवतजावत गर्नेलाई प्रमाण सहित हिड्न समेत प्रहरीले अपिल गरेको छ ।

सडकमा उभ्याउने क्रममा अनावश्यक दबाब नदिन समेत डिउटीमा रहेका प्रहरीलाई निर्देशन दिइएको छ । प्रहरीले लकडाउनको नियम र कारोना कोरोना भाइरसबारेमा जानकारी दिएर छोड्ने गरेको छ ।

कोरोना (कोभिड(१९) रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको दुई महिनाको अवधिमा पछिल्लो समय प्रहरीले कडाईको निति लिदैं डिउटीमा खटिनेलाई समेत प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले प्रशिक्षण समेत दिनुभएको थियो ।

यसैबीच जिल्लाको ग्रामिण क्षेत्रमा समेत स्थानीय जनप्रतिनिधिसँगै खटिएका प्रहरीले समेत दैनिकजसो रिर्पोटिङ गर्ने र कमिकमजोरी भएमा आवश्यकता अनुसार थप जनशक्ती समेत परिचालन गर्ने गरिएको छ । जिल्लामा हालसम्म कोराना संक्रमित नदेखिएको अवस्थामा अबको १५ दिन जोखिम धेरै भएकाले सर्तकता अपनाउनुपर्नेमा स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् ।

Leave a Reply