लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी १ नेपालको आठौं राष्ट्रिय महाधिवेशनबाट म्याग्दीका चन्द्रकुमार केसी बर्ष २०२०÷२१ को को–चिफ एड्भाईजरमा मानोनित हुनुभएको छ । कोरोना भाईरस (कोभिड–१९) संक्रमण जोखिमका कारण मुलुकभर लकडाउन भएको अवस्थामा डिष्ट्रिक्टले जुम प्रविधि मार्फत लायन बर्ष २०२०÷२१ का लागि डिष्ट्रिक्टको अधिवेनमा म्याग्दीमा लायन्सको स्थापनामा सक्रिय केसी सर्वसम्मतिमा निर्वाचित हुनुभएको हो ।

क्लवको अधिवेशनबाट गभर्नर पदमा मनबहादुर रोका, प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा विशेश्वर आचार्य र द्वितीय भाइस गभर्नर पदमा भने महेन्द्र पौडेललाई चयन भएका छन् । डिष्ट्रिक्टमा रहेका कुल ४ सय ७७ क्लबका ९ सय ३४ जना भोटर हुनुपर्नेमा ४११ क्लब मात्र भोटिङका लागि योग्य रहेका थिए ।

नव निर्वािर्चत डिष्ट्रिक्ट गभर्नर रोकाले केसीमार्फत लायन्समा भइरहेको योगदान र सामाजिक कार्यमो समेत प्रशंसा गर्नुभएको छ । एक बालिकालाई कलेजो दान दिएपछि लायन्समा केसीको मानवीय कार्यको उच्च प्रशंसा हुने गरेको छ । यसैबीच लायन केसीले लायन वर्ष २०२२÷२३ मा गर्भनर पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

उहाँको गर्भनरको उम्मेदवारीको चर्चा समेत सुरु भइसकेको छ । ‘मैले लायन्सको गर्भनर पदसम्म पुगेर विश्राम लिन्छु,‘मानवीय र सामाजिक कार्यमा लायन्समा अझै धेरै काम गर्नुछ’ केसीले भन्नुभयो । म्याग्दीमा लायन्स क्लव बेनी म्याग्दीको स्थापना पछि लायन्समार्फत विद्यालय भवन तथा सामाजिक एवम् मानवीय सेवामा लायन्सले ठूलो लगानी गरेको छ ।

Leave a Reply