भारतको विभिन्न सहरमा अलपत्र परेकालाई उद्धार गरी सदरमुकाम बेनीमा रहेको दुईवटा क्वारेन्टाइनमा राखिएको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिमले नेपाल–भारत सिमा बन्द भएपछि अलपत्र परेकालाई सिमा क्षेत्रबाट कोभिड– १९, स्थानीय तहको समन्वयमा उद्धार गरिएका ४३ जना मध्ये न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा १४ जना र म्याग्दी बुहुमखी क्याम्पसमा २९ जनालाई राखिएको कोभिड–१९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा आउनु अगाडी नाकामै गरिएको ¥यापिड टेष्ट नेगेटिभ आएकाले पिसिआर टेष्टका लागि स्वाब समेत संकलन गरी प्रादेशिक अस्पताल पोखरामा पठाइने छ । बेनीको क्वारेन्टाइनमा अपुग भएमा स्थानीय तहमा रहेका क्वारेन्टाइनको समेत प्रयोग गरिने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

भारतमा मजदुरी र घुम्न गएका म्याग्देलीहरु अझै अलपत्र अवस्थामा रहेका छन् । भारतका हरिद्धारमा समेत पाँचजना म्याग्देली अलपत्र अवस्थामा रहेका छन् ।

भारतबाट म्याग्दी आएका को सङख्या

New west point बेनि ६ + चालक स्टाफ २ = ८ मालिका ५ अन्नपुर्ण १ जम्मा १२+२=१४

Myagdi campus बेनि ८ अन्नपुर्ण १० मालिका १० धौलागिरी १ जम्मा २९

Leave a Reply