बागलुङ  गलकोट नगरपालिका वडा नं ७ मल्म सिरबारेमा आज दिउँसो एक घरमा आगोलागी भएको छ । स्थानीय जुक्त बहादुर खड्काको घरमा आगोलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

आगोलागीले घरमा रहेका अन्नपात सँगै अन्य अत्यावश्यक सामाग्री जलेर नष्ट हुँदा झण्डै २० लाख बराबरको क्षति भएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टीका बहादुर थापाले जानकारी दिनुभयो । घरमा एक्कासी आगोलागी भएको छिमेकीले देखेका थिए ।

दिउँसो सवा ४ बजे तिर आगोलागी भएको आगोलागी पीडित जुक्त बहादुर खड्काले बताउनु भयो । आगोलागी भएको थाहा पाए लगत्तै स्थानीयको सक्रियतामा झण्डै २ घण्टा पछि आगो नियन्त्रणमा आएको वडा सदस्य लोक बहादुर थापाले जानकारी दिनुभयो । आगोलागीको घटनाको केही समयमा ईलाका प्रहरी कार्यालय गलकोटको टोली घटना स्थलमा पुगि मुचुल्का समेत उठाएको छ ।

आगोलागी हुँदा आडैमा रहेको खडकाका भाई टेक बहादुर खड्काको घरको एका पट्टीको भाग जलेर क्षति पुगेको छ । घरको छानो र गाह्रो जलेको वडा सदस्य पदमा नेपालीले जानकारी दिनुभयो । घर पूर्ण रूपमा क्षति भए पछि खड्का परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । खड्काको परिवारमा श्रीमती, २ छोरा, बुहारी र नाति नातिनी गरी ६ जना रहेका छन ।

Leave a Reply