बेनी नगरपालिका–१, रत्नेचौरकी गौरी थापाको बैशाख २० गते हृदयघाटबाट अस्पतालमा ज्यान गुमाएपछि बेनीबाट रत्नेचौरसम्म पु¥याउन सवारीसाधनको अभाव भयो । गम्भीर घाईते अवस्थामा बेनी अस्पतालमा ल्याइएको थापाको शवलाई रत्नेचौर सम्म पत्रकार महासंघका निर्वतमान अध्यक्ष सुरत केसीले पु¥याइदिए ।

खोटाङ जिल्ला घर भई म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबामा बस्ने जितबहादुर राईको शब पोष्टमार्टमपछि अस्पतालमा अलपत्र भयो ।

शबलाई अन्त्येष्टी गर्न लैजान समस्या भएपछि केसीले नै आफ्नो सवारीसाधनको प्रयोग गरी राई बस्ने ठाउँ नजिकैको घाटमा लगिदिए । कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिम भन्दै घरमा ज्यान गुमाएका, बेवारिसे अवस्थामा भेटिएकाको शब पोष्टमार्टमका लागि अस्पतालसम्म लैजाने सवारीसाधन नै पाइदैन् ।

बन्दाबन्दी (लकडाउन)को समयमा कोरोनाको त्रासले अलपत्र परेका शबलाई छुन समेत त्रसित हुनुपर्ने अवस्थामा म्याग्दीका पत्रकार केसीले लकडाउन सुरू भएको गतबर्षको चैत्र ११ देखि यता विभिन्न स्थानमा अलपत्र परेका शवहरूलाई आफ्नै सवारीसाधनमा उद्धार गरी घाटसम्म पु¥याइदिएका छन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष एवम् रुप्से दैनिकका अध्यक्ष समेत रहेका केसीले आफ्नो ग१च २९१३ नंम्बरको सवारीमा १२ जनाको शबलाई आफ्नै सवारीसाधनको प्रयोग गरी घरदेखि अस्पताल र घाटसम्म पु¥याएका छन् । ‘लकडाउनले सवारीसाधन पाईदैन्,‘मृतकमा कारोनाको जोखिमले बोक्नै मान्दैनन्’ केसीले भने ।

उनले अलपत्र परेका शवलाई आफ्नो नियमित काम समेत छोडेर परिवारको साथमा पु¥याउने देखि मलामी आएकालाई प्रशासनको अनुमतिमा गन्तब्य सम्म छोड्ने गरेको बताए । ‘गाउँघरकै सवारीसाधनले बोक्न नमानेको अवस्थामा खवर गर्नुहुन्छ,‘मैले आफ्नो क्षमता अनुसार सहयोग पनि गर्छु’ केसीले भने ।

उनले एम्बुलेन्सहरूले कोरोनासँग सम्बन्धित साम्रागीहरू संकलन गर्नुपर्ने, स्बाब पठाउने लगायतका काममा ब्यस्त हुने गरेको अवस्थामा ब्यक्तिगत सवारीसाधनलाई शबबाहन बनाएको बताए ।अन्त्येष्टीका लागि सिमित ब्यक्ति जानुपर्ने अवस्थामा केसीले आफ,्नो साथमा केही यूवाहरुलाई समेत लगेर घाटमा समेत सघाउने गरेका छन् ।

‘उहाँको सहयोगले समयमै अन्त्येष्टी गर्न पाइयो,‘जति मागेपनि दिन्छु भन्दा पनि साधन नपाइने अवस्थामा निशुल्क लगिदिनुभयो’ एक मृतकका आफन्तले भने ।म्याग्दीभित्र मात्रै नभई छिमेकी पर्वत र अन्य जिल्लाबाट म्याग्दीमै मृत्यु भएकालाई समेत परिवारको चाहना अनुसारको घाटमा पु¥याउने गरेका केसीले २४ घण्टा नै उपलब्ध हुने गरी ब्यवस्था मिलाएका छन् ।

उनले आफैले चलाएर घाटमा पु¥याएपछि फर्किने बेलामा मृतकका परिवारले दिएको मायाँले थप उर्जा मिलेको बताए । केसी म्याग्दीमा सबैभन्दा धेरैपटक रक्तदान गर्ने ब्यक्ति समेत हुन् । उनले हालसम्म ६० पटक रक्तदान गरेका छन् । यता बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कुटवालले शबलाई घाटसम्म पु¥याउन केसीले खेलेको भूमिका उच्च रहेको बताए ।

‘अन्य कारणले मृत्यु भएकालाई पनि कोरोनासँग जोड्ने चलन छ,‘यस्तो अवस्थामा आफुँले नै शब उठाएर घाटसम्म पु¥याउने कार्यको उच्च प्रशंसा गर्छु’ कटुवालले भने । बिरामी अवस्थामा सवारीसाधन नभएकालाई समेत अस्पतालसम्म ल्याइदिएको उनले बताए ।

 

कोरोनाको समयमा बोकेको शब
१) २०७६–१२÷१६ सिमलचौरका कमल खड्काको शब हस्पिटलबाट म्याग्दी काली दोभान सम्म २)
२०७६–१२÷२४ मंगला ४ बरंजाका राम शेरचन १८ गते माछा मार्नु जादा हराएको र २३ गते मालढुङ्गामा शब भेटिएपछि हस्पिटलसम्म रेडक्रसको एम्बुलेन्समा र २४ गते हस्पिटलबाट थकाली समाज भबन सम्म
३) २०७६–१२÷२८ गते पर्बत बेनीमा कालिमा हाम फालि आत्महत्या गरेको सिन्धुपाल्चोक मेलम्चीकी देबिका पुन मगरको शब लामाखेतबाट हस्पिटलसम्म र २९ गते हस्पिटलबाट म्याग्दी काली दोभान आर्यघाट सम्म
४) २०७७÷०१–०४ पर्बत धाइरिङमा आत्महत्या गरेका टेक बहादुर थापा मगरको शब मिलनचोकबाट ३ गते हस्पिटलसम्म रेडक्रसको एम्बुलेन्समा र ४ गते हस्पिटलबाट लस्ति सम्म
५) २०७७÷०१–११ राखु भगवती घर भई शिक्षामार्ग बस्ने अनिल कटुवालको शब बैसारी कालो ढुंगा सम्म
६) २०७७÷०१–१७ राखु मौवाफाट की शिखा बिश्वकर्मा (८ को शब तिल्किनि आर्यघाट सम्म
७) २०७७÷०१–१९ खोटाङ घर भई दोबा बस्ने जित बहादुर राई को शब भिरकाटे सम्म
८) २०७७÷०१–२० रत्नेचौर की गौरी थापा ६५ को शब बेनि अस्पतालबाट रत्नेचौर घर सम्म
९)२०७७÷०२–०६ रघुगंगा गाउँ पालिका ३ राखु पिप्ले घर भै मंगलाघाट बस्ने ३० बर्षिया बिष्णु जैसीको खोलामा हामफालि आत्महत्या पछि मालढुङ्गामा भेटिएको शबलाई बेनि अस्पताल सम्म अनि पोष्टमार्टम पछि पिप्ले टिल्किनी आर्यघाट सम्म
१०) २०७७÷०२–०७ धौलागिरी ३ मुनाको २२ बर्षको रक बहादुर रोकामगर (६ गते झुन्डिएर आत्महत्या ) को शब बेनि अस्पतालबाट म्याग्दी काली दोभान आर्यघाट सम्म
११) २०७७÷०२–०८ बेनि नगरपालिका ३ हल्लेगौडा बस्ने बर्ष १९ की सुस्मिता घर्ति मगर ( ७ गते झुन्डिएर आत्महत्या ) को शब बेनि अस्पतालबाट म्याग्दी काली दोभान आर्यघाट सम्म
१२) २०७७÷०२–०९ थासाङ गाउँ पालिका ४ का २१ बर्षिय सुजन (जोजन) बिक (जेठ ४ गते रघुगंगा गाउँ पालिका ८ बैसारी रिठाबोटबाट कालि गण्डकीमा खसेर दुर्घटनामा परेको एम्बुलेन्स ग१झ ३११ को चालक) को शब जलजला ८ फोर्से घुमाउने ताल बाट निकालेर बेनि अस्पताल सम्म अनि १० गते म्याग्दी काली आर्यघाट सम्म

Leave a Reply