कोरोना भाइरसका (कोभिड-१९) रोकथाम, नियन्त्रण र उपचार गर्नका लागि म्याग्दीको सदरमुकाम बेनीमा रहेको क्वारेन्टाइनमा बेडको संख्या दोब्बरले विस्तार गरिने भएको छ।

छिमेकी राष्ट्र भारतबाट फर्किनेको लर्को लागेपछि म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित क्वारेन्टाइनको बेडले अपुग हुने भएपछि क्षमता विस्तार गरी दोब्बर बनाउ आवश्यक तयारी सुरू भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बेनीअनलाइनलाई बताउनुभयो ।‘क्याम्पसभित्रको पूर्वाधारलाई समेत प्रयोग गछौं,‘थप विद्यालयहरूको संरचनालाई समेत प्रयोग गर्ने तयारी भइरहेको छ’ प्रजिअ ढकालले भन्नुभयो।

छिमेकी राष्ट्र भारत सहित तेस्रो मुलुकबाट फर्किने, स्वदेशभित्र कोरोनाको जोखिममा रहेको जिल्लाबाट आउनेलाई पहिलो प्राथमिकता बेनीबजारमै रहेको क्वारेन्टाइनमा राखेर स्वाब संकलन गरिने भएकाले समेत बेनीबजारभित्रको सामुदायिक तथा निजी विद्यालयको संरचनालाई नयाँ क्वारेन्टाइन बनाउने योजनामा रहेको कोभिड–१९ कमाण्ड पोष्टले जनाएको छ ।भारतबाट फर्किएका जिल्लाका विभिन्न स्थानीय तहकालाई समेत सदरमुकाम बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय मावि र म्याग्दी बहुमुखी क्याम्पसमा राखिएको अवस्थामा स्वाब संकलन गरी रिर्पोटको आधारमा आफ्नै स्थानीय तहको क्वारेन्टाइनमा पठाउने विषयमा समेत छलफल भइरहेको छ ।

हाल म्याग्दी क्याम्पसमा ५२ बेड, न्यु वेष्ट पोइन्ट आवासीय माविमा ३० बेड र पाँचवटै गाउँपालिकामा १७३ बेड छन् । नेपाल भारतको सिमानाबाट करिब साढे २ सय जान आउने अनुमान गरिएको छ भने गण्डकी प्रदेशका जिल्ला बाहिरबाट आउनेको संख्या समेत अत्याधिक भएपनि अनुमान गर्न सकिएको छैन् ।

गण्डकी प्रदेशको नवलपुर जिल्लाबाट आउनेले समेत क्वारेन्टाइनमा बस्नुपर्ने भएपनि संक्रमणको जोखिममा अन्य जिल्ला समेत संक्रमणको जोखिममा रहेकाले स्थानीय तहको क्वारेन्टाइनमा समेत बेड संख्या दोब्बर बनाउनुपर्ने अवस्था रहेको बताइएको छ । हाल भारतबाट आएका ५९ जना र सवारीसाधनका चालक र सहचालक दुई जना गरी ६१ जना बेनीको क्वारेन्टाइनमा छन् ।

Leave a Reply