म्याग्दीका मुस्लिम समुदायले इस्लाम समुदायको पवित्र महिना रमदानको अवसरमा मोबाईल, सामाजिक सञ्जाल लगायतका माध्यमबाट एकअर्कामा शुभकामना साटासाट गरी आज इद उल फित्र (ईद) मनाएका छन् ।

कोरोना भाइरस (कोभिड १९) को सन्त्रासका कारण घरमै बसेर नमाज आदा गरेका मुस्लिम समुदायले लकडाउनलाई पालना गदैं पर्वतबेनीमा अवस्थित मस्जिदमा कुनैपनि कार्यक्रम नगरिएको सेवा समितिका अध्यक्ष रहमद खाँ बताए । ‘धेरैलाई मोवाइलबाटै सन्देश पठाइयो,‘सामाजिक सञ्जालको प्रयोग गरेर समेत शुभकामना दिने काम भयो’ उनले भने ।

सामूहिक नमाज (प्रार्थना) आदा (समर्पण) गर्ने परम्परालाई यसपटक आफ्नै घरमा गरिएको अवस्थामा सोमबार समेत घरमै कार्यक्रम गरिएको छ ।

एक आपसमा अंगालो मारेर इदको शुभकामना आदान प्रदान गर्ने प्रचलन रहेपनि यस बर्ष त्यस्तो दृश्यहरु देख्न नपाइएकोमा दुख लागेपनि कोरोनाबाट जोगिन सरकारले जारी गरेको लकडाउनलाई पालना गरेको समाजका अगुवा अन्जित खानले बताए ।

पर्वको अर्को विषेशता ठूलो विशेषता दान दिनु, गरीब र दीन दुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु पनि हो । म्याग्दी तथा आसपासका क्षेत्रमा करिव १ सयबर्ष अगाडी भित्रिएका मुस्लिम समुदायहरू मध्ये अहिले करिव ३० घरधुरीमा करिव २ सय ५० जना बसोबास गर्छन्।

Leave a Reply