मध्यरातमा एकल महिलालाई जवरर्जस्ती करणी गरेको आरोपमा म्याग्दीमा एकजना पक्राउ परेका छन् । गएको आइतबार राती करिब १२ बजे घरमा सुतिरहेकी ५१ बर्षिया बृद्धलाई करणी गर्ने रघुगंगा गाउँपालिका–३ पिप्लेका ४० बर्षिया क्षेत्रबहादुर चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरमा एक्लै रहेकी महिलालाई घरको पछाडीबाट बार्तली हुदै कोठमा प्रवेश गरेर करणी गरेको महिलाले बताएकी छन् ।

करणीमा संलग्न चन्दलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बेनीअनलाइनलाई बताउनुभयो । ‘राती घरभित्र प्रवेश गरेको पुष्टी भएको छ,‘थप अनुसन्धान भइरहेको छ’ प्रनाउ कुँवरले भन्नुभयो ।बलात्कारको प्रयास गरे पनि प्रतिकारको प्रयास गर्दा मार्ने धम्की आएको पीडित महिलाले बताइएकी छन् ।

राती घरबाट बाहिर गएका चन्दले करणी बारेमा जानकारी गराएमा मार्ने चेतावनी दिएपनि विहानै महिलाले घटना बारेमा आफन्तलाई बताएकी थिईन् । पीडितको निवेदनका आधारमा प्रहरीले नियन्त्रणमा लिएको चन्दले घरभित्र प्रवेश गरेको स्वीकार गरेका छन् । उनीविरुद्ध जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।

Leave a Reply