नेपाल प्रेस युनियन ,जिल्ला शाखा म्याग्दीले विरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको छ ।प्रेस युुनियन म्याग्दीले बेनी स्थित बेनी अस्पतालमा उपचाररत तीस जना विरामीहरुलाई फलफुल वितरण गरेर प्रेस युनियनको २९ औं स्थापना दिवस मनाएको हो ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी सरकारले गरेको लकडाउनका कारण औपचारिक कार्यक्रम नगरिएपनि दिवसको अवसरमा विरामीलाई फलफुल वितरण गरिएको प्रेस यूनियनका अध्यक्ष राकेश शर्माले जानकारी दिनुभयो । फलफुल वितरण कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी,अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवाल र डा. रविकान्त शाहले विरामीलाई फलफुल वितरण गर्नुभएको थियो ।

स्थापना दिवसको अवसरमा अस्पतालमा उपचाररत ३० जना विरामीहरुलाई फलफुल वितरण गरिएको प्रेस यूनियज म्याग्दीका सचिव साधन राम्जालीले जानकारी दिनुभयो ।

उपसभापति रेग्मी र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले धन्यवाद व्यक्त गर्दै स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभयो ।२०४८ साल जेठ १३ गते जय प्रकाश प्रसाद गुप्ताको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरि नेपाल प्रेस युनियनको जन्म भएको हो । अन्तर्रा्िष्ट्रय पत्रकार महासंघ क्ष्ँव् को नेपाल बाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था नेपाल प्रेस युनियन हो ।

Leave a Reply