म्याग्दीका एक यूवा विगत पाँच महिनादेखि बेपत्ता भएका छन् । जिल्लाको बेनी नगरपालिका वडा नं ९ अल्वाङका ३१ बर्षिय कमल उपाध्याय घर नजिकैबाट बेपत्ता भएपछि खोजीकार्य गरिएपनि फेला परेका छैनन् ।

२०७६ माघ १० गतेदेखि बेपत्ता भएका उपाध्यायको खोजीकार्यमा सहयोग गर्न आमा बेदुकला उपाध्यायले अनुरोध गरेकी छन् । ‘छोरा सम्पर्कविहिन भएको धेरै भयो,‘यस्तो अवस्थामा खोज्न जान पनि सकिन्न’ उपाध्यायले बेनीअनलाइनलाई भनिन् ।

उनका अनुसार मानसिक सन्तुलन गुमाएका उपाध्यायलाई केहीले लकडाउन अगाडी काठमाण्डौमा समेत देखेको बताएपनि त्यहाँ खोजीकार्य गर्दा समेत भेट्न नसकिएको परिवार स्रोतको भनाई छ । ‘छोराको मानसिक सन्तुलन ठिक छैन्,‘अझैपनि घर फर्किन्छ जस्ता लाग्छ‘ उनले भनिन् ।

आफन्त, इष्टमित्र, गाउँ वरिपरि जताततै खोजतलास गर्दा पनि सम्पर्क हुन नसकेकाले बेनीबजार तथा आसपासकै क्षेत्रमा बेवारिसे अवस्थामा हुनसक्ने अनुमान गरिएको छ । विगतमा समेत केही दिन हराएर पुनः घरमा आउने गरेका उपाध्यायलाई कसैले देखेमा नजिकैको प्रहरी कार्यालयमा खवर गरिदिन अनुरोध समेत गरिएको छ ।
थप जानकारीका लागि :9815113230  9844916157

Leave a Reply