श्रीमानको स्मृतिमा स्वास्थ्य चौकीलाई थर्मल गन सहयोग

0
274

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मंगला गाउँपालिका–३ आर्भाङकी एक समाजसेवी रमादेबी सापकोटाले स्वर्गिय श्रीमान भबिलाल सापकाटाको स्मृतिमा स्वास्थ्य चौकीलाई ज्वरो नाप्ने उपकरण (थर्मल गन) सहयोग गर्नुभएको छ ।

चिनाकोट प्रगतिशील महिला समुहको अध्यक्ष समेत रहनुभएकी सापकोटाले वडा अध्यक्ष एवम् स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष कविन्द्र रोका, इन्चार्ज नारायणदत्त सापकोटा लगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गनुभएको हो ।

गाउँका विभिन्न सामाजिक कार्यमा समेत सहयोग गदैं आउनुभएकी सापकोटाले श्रीमानको स्मृतिमा समेत विभिन्न सामाजिक कार्य गदैं आउनुभएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष रोकाले उपकरणले सेवा प्रवाहमा सहज हुने बताउनुभयो । उहाँले सानो ठूलो सहयोगले शिक्षा, स्वास्थ्य लगायत गाउँको विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो । समाजसेवी सापकोटाले भविस्यमा समेत सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।