मंगलबार विहान म्याग्दीको सदरमुकाम खुल्लामञ्चमा पुग्दा बेनीका सडकमा अलपत्र र बेवारिसे अवस्थामा भेटिएकाहरू एक हजामले कपाल, दारी काटिरहेका थिए । सैलुनबाट आएका हजामले दारीकपाल काटिरहदाँ लायन्स क्लव बेनी पिस सिटीमा आवद्ध यूवाहरूले खुल्लामञ्चको स्टेज सरसफाई, लामखुट्टेबाट जोगिन झुल लगाउँदै थिए।

लकडाउनको समयमा अलपत्र परेकालाई उद्धार गरी खुल्लामञ्चमा राखिएकालाई बेनीका यूवाहरुको सक्रियतामा स्थापना भएको सामाजिक संस्था लायन्स क्लव अफ पिस सिटीले भोजन सहित अन्य ब्यवस्थापनको जिम्मा समेत लिएको भोलीपल्ट नै क्लवको सक्रियतामा सरसफाई, नयाँ लत्ताकपडा, ओड्ने, ओछ्याने लगायत आवश्यक सहयोग गरेपछि उनीहरूको अनुहार उज्यालो थियो । ‘पाँचबर्षभन्दा धेरै भयो ननुहाएको, आज ज्यान हलुङ्गो भयो’ आइते विकले भने । उनले आफुँलाई यसअगाडी नुहाएको दिन याद नभएको भन्दै ज्यान हलुङ्गो भएको बताए। बाख्लो दाही,कपाल र फाटेको लुगा लगाएका आइते सहित पाँचजनाको सरसफाईपछि क्लवका संस्थापक अध्यक्ष राजेश शाक्यले ट्याकसुट सहित लत्ताकपडा हस्तान्तरण गरेका थिए । केहीदिन यता भोकभोकै रहेको अवस्थामा क्लवले सोमबार विहानदेखि खाना खुवाउन सुरू गरेको थियो ।

मंगलबार सरसफाई सहितको अभियान सञ्चालन गरेपछि बुधबार स्वास्थ्य चेकजाँच गरिने क्लवका निर्वतमान अध्यक्ष नरेश श्रेष्ठले बताउनुभयो । खुल्लामञ्चमा बस्ने ५ जनालाई विहान र बेलुकी खाना खुवाउने बाहेक समेत बसाईलाई सहज हुने गरी थप सहयोग गर्ने जनाइएको छ । खुल्ला ठाउँमा लामखुट्टेको टोकाईबाट डेंगो सर्ने सम्भावनालाई मध्यनजर गरी यूवाहरुले पाँचजनालाई नै भुलको ब्यवस्था गरेपछि लामखुट्टेको टोकाईले हैरानी भएका म्याग्दीका पूराना गन्धर्ब लाल बहादुरले खुसी ब्यक्त गरे । ‘अब त धेरै सजिलो भएको छ,‘हामीलाई राम्रो भयो’ उनले भने ।

लकडाउनको समयमा संक्रमण नहोस् र बसाइ सहज होस् भनेर खुलामञ्चमा राखिएको अवस्थामा सुरुवात केही दिन म्याग्दी बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुबेदीले खाना खुवाइरहेको अवस्थामा नगरपालिकाको कार्यपालिका बैठकले सुबेदीलाई धन्यवाद ज्ञापन गदैं आफैले जिम्मा लिएर ५४ हजारको खाना खुवाएको थियो ।केहीदिन यता पुनः बजारमा मागेर खान थालेको गुनासो आएपछि सरोकारवाला सहितको निकायले लायन्स क्लवलाई जिम्मा दिएका थिए । यसैबीच बेनी सामुदायिक माविका प्रधानाध्यापक दिपक श्रेष्ठले नेपाल शिक्षक महासंघ बेनी नगरको प्रमुखको हैसियतले बैठकमा सहभागी भएबापत प्राप्त ३४ सय रुपैयाँ भोजनका लागि सहयोग गरेका छन् ।यता भोकले छटपटाउँदै बेनीबजारमा माग्दै हिड्ने गरेको अवस्थामा रक्सी समेत माग्ने गरेको गुनासो आउन थालेपछि खुल्लामञ्चबाट बजारमा प्रवेश गरेमा तत्कालै प्रहरीले खुल्लामञ्चमा पुर्याउने र माग्न आएमा खुल्लामञ्चमै पठाउन समेत अनुरोध गरिएको छ ।

Leave a Reply