गण्डकी प्रदेशको स्याङ्जामा दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि अब प्रदेशभित्रबाट समेत म्याग्दीमा आउनेलाई कडाई गरिने भएको छ ।

विगतमा गण्डकी प्रदेशको नवलपूर जिल्लाबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएपनि स्याङ्जामै देखिएछि प्रदेश भित्रको कास्की यताका जिल्लाबाट आउने यात्रुलाई समेत क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बेनीअनलाइनलाई बताउनुभयो ।

‘ट्राझल हिस्ट्री हेरिन्थ्यो, अव थप सर्तकता अपनाउनुपर्ने भएको छ’ प्रजिअ ढकालले भन्नुभयो । स्याङ्जा जिल्लामा समेत दुईजनामा कोरोना देखिएपछि गण्डकी प्रदेशको कास्की यताका जिल्लाबाट आउने यात्रुहरुलाई जोखिमको सूचीमा राखेर समेत थप कडाई गरिने प्रजिअ ढकालको भनाई छ ।

बेनीअनलाइनसँग कुराकानी गदैं प्रजिअ ढकालले लकडाउनको अवधिमा प्रदेशभित्रका जिल्लाबाट आवतजावत गर्नेहरूलाई समेत कडाई गर्नुपर्ने अवस्थामा जिल्लामा नयाँ ब्यक्ति देखिएमा खवर गर्न समेत अनुरोध गर्नुभएको छ ।

बेनीबजारभित्र क्वारेन्टाइनको बेड क्षमता विस्तार गरी २ सय पुर्याउने र गाउँपालिकामा रहेको क्वारेन्टाइनको क्षमता समेत विस्तार गर्ने गरी थप संरचनाको खोजीमा लाग्न स्थानीय तहलाई समेत अनुरोध गरिएको प्रजिअ ढकालको भनाई छ ।जिल्लास्तरीय कोभिड–१९ कमाण्ड पोष्टका संयोजक समेत रहनुभएका प्रजिअ ढकालले अवको दिनमा थप सर्तकता सहितको रणनीति बनाउनुपर्ने बताउनुभयो ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेकाको केहीदिनमा स्बाब संकलन गरी पिसिआर परीक्षण गर्न प्रादेशिक अस्पताल पोखरामा पठाउने तयारी समेत भइरहेको छ । म्याग्दीमा बेनी नगरपालिका सहित पाँचवटै स्थानीय तहबाट रोजगारीको सिलसिलामा भारतमा गएका ६८ जना र सवारीसाधनमा ल्याउन सहयोग गर्ने चालक र सहचालक गरी ७० जना म्याग्दी बहुमुखी क्याम्पस र न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा छन् ।

जसमा ३ महिना समेत रहेको कोभिड–१९ कमाण्ड पोष्ट म्याग्दीले जनाएको छ । यता मंगलबार स्याङ्जामा भेटिएका दुई संक्रमित भारतबाट चार दिन अघि आएर वालिङ नगरपालिकाको क्वारेन्टाइनमा बसेका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ७ पुगेको छ । उनीहरुमध्ये २ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने बाँकीको उपचार भइरहेको छ ।

Leave a Reply