---Advertisement---

कोरोना आशंकामा धौलागिरी अस्पतालको आइसोलेसनमा एक पुरुष भर्ना

On: May 27, 2020 8:06 AM
Follow Us:

बागलुङ नगरपालिका–१ बाङ्गेचौरको रामरेखा आधारभूतको क्वारेन्टाइनमा बसेका एक व्यक्तिलाई कोरोना आशंकामा धौलागिरी अस्पताल बागलुङको आइसेलेसन (एकान्त कक्ष) मा भर्ना गरिएको छ ।

भारतको दिल्लीबाट तीन दिन लगाएर आज (मंगलबार) विहान बागलुङ आइपुगेका बानपा–१३ पैयुपाँटाका २३ बर्षिय पुरुषलाई उच्च ज्वरो देखिएपछि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द्र वि. पोखरेलले जानकारि दिनुभयाे ।

विहान क्वारेन्टाइमा आइपुग्दा सामान्य ज्वरो देखिएको र साँझ ज्वरो बढेपछि आइसोलेसनमा पठाइएको बागलुङ नगरपालिकाका नगरस्वास्थ्य प्रमुख रामप्रसाद खनालले बाउनुभयो । ‘विहान क्वारेन्टाइनमा आइपुग्दा १ सय डिग्री ज्वरो रहेको थियो र साँझ पुनः चेक गर्दा १०२.५ डिग्री पुगेको देखियो,’ नगरस्वास्थ्य प्रमुख खनालले भन्नुभयो–‘ज्वरो पनि बढेको र शरीर पनि गाह्रो महशुष भएको बताएपछि आइसोलेसनमा पठाइएको हो ।’

उहाँले युवालाई भारतमा पहिले डेंगु भइ निको भएको र अहिले ज्वरो देखिएकोले डेंगु र कोरोना दुवै परीक्षण गरिने  बताउनुभयो । अस्पतालको आइसोलेसनमा भर्ना भएका युवाको स्वाब संकलन गरि भोली (बुधबार) विहानै परीक्षणको लागि पोखराको स्वास्थ्य विज्ञान प्रयोगशाला पठाइने अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट पोखेरेलले बताउनुभयो ।