अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

Update: बागलुङ बडिगाड र तमानखोलाका ६ जनालाई कोरोना संक्रमण

On: May 27, 2020 10:47 AM
Follow Us:

बागलुङमा बुधबार ६ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनालाई संक्रमण देखिएको हो । जिल्लाको बडिगाड गाउँपालिकाको त्रिभूवन मावि क्वारेन्टाइनमा रहेका दुइ जना र तमानखोला गाउँपालिकाको धनगौज्योती मावि क्वारेन्टाइनमा रहेका चार जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थय विज्ञान प्रतिष्ठानमा रहेको प्रयोगशाला स्रोतले जनाएको ।

तमानखोलाको धनगौज्योती माध्यामिक विद्यालयमा रहेका ४ जनामा संक्रमण देखिएपछि धौलागिरी अस्पताल बागलुङ पठाउने तयारी भैरहेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।बडिगाडको त्रिभुवन माविका दुईजनालाई पनि धौलागिरी अस्पताल ल्याउनका लागि एम्बुलेन्सको खोजी थालेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाले बताए ।

यद्धपि प्रतिष्ठानका प्रबक्ताले भने पुष्टि गरेका छैनन् । बागलुङबाट बुधबार पठाईएका ९२ स्वाव मध्ये केहीको मात्रै रिपोट आएको र ६ जनामा कोरोनाको संक्रमण देखा परेको प्रयोगशाला स्रोतले जनाएको छ । ६ जनामा कोरोना संक्रमण देखा परेपछि धौलागिरी अस्पतालले तयारी थालेको छ ।

‘हामिलाई तयारी गर्नु भनेपछि तयारी थालेका छौं’ अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र बिक पोखरेलले भने ‘संख्याको बिषयमा जानकारी भएन ।’ बागलुङमा झण्डै ४ सय जना भारतबाट आएका क्वारेन्टाइनमा छन् उनीहरु मध्ये केहीको मात्रै कोरोना जाँच भएको छ । source:dhorpatannews.com