म्याग्दीमा चिकित्सक, सुरक्षाकर्मी सहित ५२ को कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । लकडाउन यता फ्रन्ट लाइनमा खटिएका डाक्टर, प्यारामेटिक, कार्यालय, विदेशबाट आएका, कारोनाको संक्रमणसँग मिल्ने लक्षण भएकाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन धुब्र गिरीले बेनीअनलाइनलाई बताउनुभयो ।

उहाँका अनुसार म्याग्दीबाट ४ सयको -यापिट टेष्ट टेष्ट समेत गरिएको छ । हालसम्म म्याग्दीबाट गरिएको परीक्षणको नतिजा नेगेटिभ आएको छ । यसैबीच बेनीको म्याग्दी बहुमुखी क्याम्पस र न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा भारतबाट आएकाहरूको समेत दुईतीन दिनमा स्बाब संकलन गरी पिसिआर परीक्षणका लागि गण्डकी प्रदेशको स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाउने जनाइएको छ । जिल्लाबाट काठमाण्डौ लगायतका स्थानमा जान अनिवार्य रिर्पोट माग गरिएपछि -यापिट टेष्ट गर्नेहरु दैनिकजसो बेनी अस्पतालमा जाने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय र बेनी अस्पतालका टोलीले स्वाब संकलन गरी परिक्षणको लागि पोखरा पठाउने गरेको निमित्त मेडिकल सुपरिटेण्डेन्ट अमृत अधिकारीले बताउनुभयो ।

भारतबाट आएकाहरुको रिर्पोटले म्याग्दीमा कोरोनाको जोखिमलाई मापन गर्न सकिने चिकित्सकको भनाई छ । छिमेकी जिल्ला बागलुङमा समेत बुधबार भारतबाट आएका ६ जनालाई कोरोना देखिएसँगै भारतबाट आउनेहरुमा कोरोनाको जोखिम उच्च मानिएकाले आवश्यक परीक्षण्को तयारी भइरहेको जनाइएको छ ।

Leave a Reply