स्वास्थ्य निर्देशानलय पोखराले बागलुङमा थप ६ जनालाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ । स्वास्थ्य निर्देशानलयका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोद बिन्दु शर्माले बागलुङको बडिगाड गाउँपालिकाका २ जना तमानखोलाका ४ जनालाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रवक्ता शर्माले बडिगाड गाउँपालिकाको क्वारेन्टाइमा रहेका १९ र २० बर्षका २ जना पुरुषमा संक्रमण पुष्टि भएको होभने तमानखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २१, २७, २७ र २१ वर्षका ४ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनीहरु केहि दिन पहिले भारतदेखि आएर तमानखोला गाउँपालिकाको धनगौज्योती मावि क्वारेन्टाइनमा र बडिगाड गाउँपालिकाको त्रिभूवन मावि क्वारेन्टाइनमा बसेका थिए । संक्रमण पुष्टि भएपछि उनीहरुलाई बागलुङ बजारमा रहेको धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा पठाइन लागेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए ।

यससँगै बागलुङमा संक्रमित संख्या ८ पुगेको छ । यसअगाडी २ जना अस्पतालको आइसोलेसनमा उपचार गरि निको भएर घर फर्किसकेका छन् ।

Leave a Reply