भारतबाट म्याग्दीमा आएकाहरूको स्बाब संकलन सुरु गरिएको छ। गत जेष्ठ ९ गते सीमा क्षेत्रबाट ल्याइएर न्यू वेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टाइनमा राखिएको १४ जनाको पिसिआर परीक्षणका लागि गण्डकी प्रदेशको स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाएको कोरोना भाइरसका (कोभिड–१९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले बताउनुभयो ।

स्वाब संकलन गरी पठाइएका चारजना बागलुङकासँग बडिगार्डमा आएर अलपत्र परेको अवस्थामा त्यहाँबाट ल्याइएको थियो । रोजगारीको लागि भारत गएका उनीहरु कोरोना महामारीको कारण रोजगारी गुमेपछि गृह जिल्ला फर्किएका ६८ जना मध्ये बुधबार १४ जनाको पठाइएको हो।

क्वारेन्टानइमा बसेको न्यूनतम पाँचदिनपछि मात्रै स्वाब संकलन गरिने भएकाले बिहिबार २९ जना र शुत्रबार १८ जनाको स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन धुब्र गिरीले बेनीअनलाइनलाई बताउनुभयो । बुधबार बागलुङमा देखिएको कोरोना संक्रमित र म्याग्दीबाट स्वाब पठाइएका एउटै सवारीसाधनमा आएकाले जोखिमलाई मध्यनजर गरी क्वारेन्टाइनमा समेत आवश्यक सर्तकता अपनाइएको छ।

भारतबाट आएका वेष्ट प्वाइन्ट र म्याग्दी बहुमुखी क्याम्पसमा राखिएको छ। हाल म्याग्दी क्याम्पसमा ५२ बेड, न्यु वेष्ट पोइन्ट आवासीय माविमा ३० बेड र पाँचवटै गाउँपालिकामा १७३ बेड छन् । यसैबीच करिब १५ जनाको हाराहारीमा भारतीय सिमाबाट म्याग्दीमा आउँदैछन् ।

Leave a Reply