---Advertisement---

जबर्जस्ती करणी गर्न खोजेको आरोपमा युवक पक्राउ

On: May 27, 2020 5:45 PM
Follow Us:

एक महिलालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा बेनीबजारबाट एक यूवा युवक पक्राउ परेका छन् । गएराती मालिका गाउँपालिका-४ ओखरबोटको महभिर घर भई हाल बेनी नगरपालिका–८ मा भाडामा बस्दै आएका २६ बर्षिय रविन श्रीपालीले १८ बर्षिय किशोरीलाई जबर्जस्ती करणी गर्न खोजेको पिडित पक्षको भनाई छ ।

बेनी–पोखरा राजमार्गमा सवारी चलाउने सिर्पालीले जवरजस्तीको प्रयास गर्दा यूवतीले प्रतिकारसँग पीडित किशोरीको निवेदनका आधारमा प्रहरीको टोलीले सिर्पालीलाई पक्राउ गरेको प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बताउनुभयो। चालक श्रीपालीलाई नियन्त्रणमा लिई जवरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।