अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

गणतन्त्र दिवसमा म्याग्दीका एक कैदीको सजाय मिनाहा

On: May 28, 2020 9:53 AM
Follow Us:

गणतन्त्र दिवसको अवसरमा म्याग्दी कारागारमा सजाय भोगिरहेका एक कैदीको सजाय मिनाह भएको छ । दिवसको अवसरमा म्याग्दीबाट सिफारिस गरिएका पाँचजना मध्ये सवारी ज्यान मुद्धामा सजाय भोगिरहेका बेनी नगरपालिका-२ ज्यारुमककोटका कर्णबहादुर घिमिरे ‘हरी’ को कैद सजाय मिनाहा भएको जिल्ला कारागार कार्यालय म्याग्दीका प्रमुख राजेन्द्र शर्माले बेनीअनलाइनलाई बताउनुभयो ।

‘उहाँको बाँकी तीन महिनाको कैद सजाय माफी भएको छ,‘राष्ट्रिय उत्सवमा कैद मिनाह गर्ने गरिन्छ’ शर्माले भन्नुभयो । नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम सरकारले तोकेको मापदण्डमा जिल्लाबाट पठाइएको विवरण मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालय, शीतल निवासले मिनाहको घोषणा गर्ने गरिन्छ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।