कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको उल्लंघन गर्नेलाई म्याग्दीको सदरमुका बेनीमा प्रहरीले बाटोबाटै समात्न थालेको छ । कोरोना भाइरसको जोखिम बढ्दै जान थालेपछि बेनीबजारको विभिन्न स्थानमा प्रहरीले भ्यानको प्रयोग गरी समात्न थालेको प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बेनीअनलाइनलाई बताए।‘अबको अवस्था झन जटिल बन्दैछ,‘बिना काम हिड्नेलाई तत्काल नियन्त्रणमा लिन निर्देशन भएको छ’ शर्माले भने ।

उनले बेनीबजारको विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएर र चोकमै होल्ड गर्ने सुरू गरेको बताए ।अनावश्यक काममा हिड्ने, आफ्नो कामको प्रमाण दिन नसक्नेलाई अव विहान ६ बजेदेखि नै नियन्त्रणमा लिइएको हो। अत्यावश्यक बाहेक सडकमा निस्केका उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी कार्यालयले जनाएको छ ।

बजार क्षेत्रबाट नियन्त्रणमा लिएकाहरूलाई सार्वजनिक स्थानमा केही समय राखेर फेरि यसरी नहिँड्ने सर्तमा छोडिने र अटेरी गर्नेलाई समातेर प्रहरी कार्यालयमै लगेर कोरोना सम्बन्धि प्रशिक्षण समेत दिने बताइएको छ। लकडाउनको समयमा अत्यावश्यक सेवाबाहेक र विनापास चल्ने सवारीसाधनलाई समेत तत्कालै नियन्त्रणमा लिएर राख्ने गरी बजार क्षेत्रमा प्रहरी कडा रूपमा प्रस्तुत भएको छ ।

Leave a Reply