म्याग्दीका कलाकार रमेश रोकाको लोकदोहोरी गित ‘पानफुले बाईको’ म्युजिक भिडियो बजारमा आएको छ। पश्चिम म्याग्दीको मंगला गाउपालिका–५ अर्मन घर भई हाल रोजगारको सिलसिलामा अष्टे«लियाा रहेका रोकाको शब्द, किशोर सुबेदीको संगीतमा रहेको गितमा म्याग्दीका लोकप्रिय गायक धुब्र जिसी र पार्वती थापाको स्वर रहेको छ ।

लोक गायनको क्षेत्रमा निकै चर्चित गायक तथा कलाकार बसन्त थापाको युट्युब च्यानल मार्फत सार्वजनिक भएको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्यूजिक भिडियोमा कलाकार तथा गायक रामजी खाण र अभिनेत्री आयुष्मा कार्कीको अभिनय रहेका छ ।

कलाकार रोकाले लकडाउन अगाडी नै सम्पन्न गरिएको गीतलाई आवश्यक तयारी सहित अहिले सार्वजनिक गरिएको बताए । आफ्नो चौथो सांगितिक कोशेली भएको रोकाको भनाई छ । गीतमा मायाँ प्रेमसँग सम्बन्धित रहेकाले यूवापुस्ताले रुचाउने उनले बताए ।

Leave a Reply