पश्चिम रुकुम, चौरजहारीमा भएको घटनामा अनुसन्धान माग गर्दै म्याग्दीका दलित संघसंस्थाले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

दलित अगुवाहरुले अन्तरजातिय विवाह गर्न खोजेकै कारण हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाहीको माग गरेका हुन् । जातिय विभेदका कारण दलितमाथी निरन्तर देशभरी भइरहेका आक्रमणको निष्पक्ष छानबिन गरी दोषीलाई संविधानले तोके अनुसारको कारवाहीको माग गदैं कारवाहीमा आलटाल गरिए चरणबद्ध आन्दोलनको चेतावनी समेत दिएका छन् ।

जातिय विभेदका कारण मानिसको मृत्यु कहिलेसम्म ? ‘नेपाली हुनुको गर्व लाग्थ्यो होला सायद मानिस, मानिस बिच विभेद नहुने भए’ जस्ता भन्ने नारा लेखिएका प्लेकार्ड सहित जिल्ला प्रशासन कार्यालयमा पुगेका विभिन्न १४ दलित संघसंस्थाका अगुवाले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई ज्ञापन पत्र बुझाएका हुन् ।

सोही अवसरमा नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा महासंघका अध्यक्ष पदम किसान, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष बालकुमार लामिछानेले दलित माथि भइरहेको आक्रमणले सिंगो मानवजाती माथिकै आक्रमण भएकाले तत्काल कारवाहीको माग गरेका छन् ।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी ढकालले दलित माथिको आक्रमणका दोषीलाई कुनैपनि हालतमा सरकारले नछोड्ने बताउँदै म्याग्दीमा समेत दलित माथि कुनै विभेद भएमा तत्काल जानकारी दिएमा कारवाही गर्ने ब प्रतिबता ब्यक्त गरेका थिए ।

दलित भन्ने शब्द नै नभएको बताउँदै सबै जातजाति समान भएको प्रजिअ ढकालको भनाई थियो । कार्यक्रमको सञ्चालन द दलित विकास समितिकी सहसंयोजक मनकुमारी विकले गरेकी थिईन् । अन्तरजातीय प्रमे सम्बन्धलाई लिएर शनिबार भएको घटना घटेको थियो । दलित अगुवाले यो आक्रमणले देशलाई आन्तरिक युद्धमा धकेल्े प्रयास भएको बताएका छन् ।

Leave a Reply