नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरी म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकाको २९ जनाको स्बाब संकलन गरिएको छ ।

जिल्लाको विभिन्न स्थानीय तहबाट रोजगारको सिलसिलामा भारतमा पुगेको अवस्थामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको जोखिमले स्वदेश फर्किएर क्वारेन्टाइनमा राखिएको पाँचदिनपछि स्बाब संकलन गरी पिसिआर परीक्षणका लागि गण्डकी प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन धुब्र गिरीले बेनीअनलाइनलाई बताउनुभयो ।

म्याग्दी क्याम्पसमा रहेका २९ जनाकै स्बाब संकलन गरिएको हो ।शुक्रबार न्यू वेष्टका थप १८ जनाको स्वाब संकलन गरिने छ । बुधबार संकलन गरी पोखरा पठाइएकाको बिहिबार साँझ वा शुक्रबार विहानसम्म रिर्पोट आइपुग्ने बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो।

रोजगारीको लागि भारत गएका उनीहरु कोरोना महामारीको कारण रोजगारी गुमेपछि गृह जिल्ला फर्किएकाको धमाधम स्वाब संकलन गरिएको हो । भारतबाट आउनेमा कारोनाको जोखिमलाई मध्यनजर गरी स्बाब संकलनसँगै आवश्यक सर्तकता अपनाइएको छ ।

भारतबाट आएका सबैलाई वेष्ट प्वाइन्ट र म्याग्दी बहुमुखी क्याम्पसमा राखिएको छ। हाल म्याग्दी क्याम्पसमा ५२ बेड, न्यु वेष्ट पोइन्ट आवासीय माविमा ३० बेड र पाँचवटै गाउँपालिकामा १७३ बेड छन्। यसैबीच सीमा क्षेत्रमा अलपत्र अवस्थामा अझै म्याग्देलीहरु रहेकाले लकडाउन अवधिभर छिमेकी राष्ट्र सहित देशका विभिन्न जिल्लाबाट करिब एक सयको हाराहारीमा जिल्लामा भित्रिने अनुमान गरिएको छ ।

Leave a Reply