Update: कोरोना संक्रमित मालिका गाउँपालिका यूवा

0
1103

म्याग्दीको मालिका गाउँपालिका घर भएका एक यूवालाई कोरोना पोजेटिभ देखिएको छ । बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टाइनमा बसेका मालिका गाउँपालिकाका ३० बर्षिय यूवालाई कोरोना पोजेटिभ भएको स्वास्थ्य कार्यालय म्याग्दीका एकनारायण लम्सालले बेनीअनलाइनलाई बताउनुभयो ।

‘संक्रमतिलाई खुल्लामञ्चमा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ,‘आवश्यक तयारीमा जुटेका छौ’ लम्सालले भन्नुभयो । कोरोना पोजेटिभ देखिएका यूवा बुटवल उद्धार गरी म्याग्दीमा ल्याइएको थियो ।

गत जेष्ठ ९ गते सीमा क्षेत्रबाट ल्याइएर न्यू वेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टाइनमा राखिएको १४ जनाको बुधबार पिसिआर परीक्षणका लागि गण्डकी प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा पुष्टी भएपछि आइसोलेसन कक्षको तयारीमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल सहितको टोली खुल्लामञ्चको शैक्षिक तालिम केन्द्रमा रहेको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । क्वारेन्टाइनमा रहेका संक्रमित यूवालाई केही समयमै आइसोलेसन कक्षमा राखिने छ ।