म्याग्दीको मालिका गाउँपालिका-४ ओखरबोटका ३० वर्षीय युवामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएपछि शुक्रबारदेखि म्याग्दीको सदरमुकाम बेनीबजारमा लकडाउन कडाई गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट अनुमति लिएर समयतालिका मार्फत खुल्ने गरेका बैंक तथा वित्तिय संस्थाहरू एकसाता बन्द गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बेनीअनलाइनलाई बताउनुभयो ।‘शुक्रबारबाट अर्को एक हप्ता हाम्रो पूरानो कार्यतालिका प्रयोगमा आउने छैन्,‘आवश्यकता अनुसारको तयारीमा जुटेका छौ’ प्रजिअ ढकालले भन्नुभयो ।

भारतबाट आएका १२ जना मध्ये १ जनामा कोरोना देखिएको अवस्थामा थप सर्तकता आवश्यकता रहेको प्रजिअ ढकालको भनाई छ । कोभिड–१९ कमाण्ड पोष्टका संयोजक समेत रहनुभएका प्रजिअ ढकालले खाद्यान्न र औषधी पसललाई समेत सिमित समय तोकिने बताउनुभयो । ‘ग्रामिण क्षेत्रबाट बजारमा आउन रोक लगाइने छ,‘शुक्रबार थप योजनाहरू सार्वजनिक गछौं’ प्रजिअ ढकालले भन्नुभयो ।

कोरोना संक्रमितको ब्यवस्थापनका लागि खुल्लामञ्चमा रहेको शैक्षिक तालिमक केन्द्रमा रहनुभएका प्रजिअ ढकालले एकजनामा कोरोना संक्रमणले म्याग्दी समेत जोखिममा परेका कारण सबैले होसियारी अपनाएर घरबाट बाहिर निस्कने र अरुसँग सम्पर्कमा रहने काम बन्द गर्ने समेत अपिल गर्नुभएको छ ।

शु्क्रबार देखि एम्बुलेन्स, औषधी, पानी, र दूध बाहेक अर्को आदेश नहुञ्जेल सबैकुरा बन्द गरिने सूचनासँगै सुरक्षाकर्मीले बेनीलाई करिब सिल गरेजस्तै गरी आवश्यक तयारीमा जुट्न समेत निर्देशन दिइएको छ ।

भारतबाट आएर म्याग्दी बहुमुखी क्याम्पस र न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा बसेकाहरुमध्ये जम्मा १२ जनाको परीक्षणमा एकजनालाई पोजेटिभ देखिएको हो । दुई जना बसका चालक र सहचालक गरी १४ जनाको बुधबार स्वाब संकलन गरी पोखरा पठाइएको थियो ।

Leave a Reply