नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरी म्याग्दीको सदरमुकाम बेनीका दुईवटा क्वारेन्टाइनमा राखिएका मध्ये १२ जनामध्ये १ जनामा कोराना पोजेटिभ देखिएको हो ।

करिब दुई महिनासम्म सीमा क्षेत्रमा बनाइएको क्वारेन्टाइनमा बसेर विभिन्न मितिमा म्याग्दी बहुमुखी क्याम्पस र न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा बसेका ८४ जनामध्ये क्वारेन्टाइनमा बसेको ५ दिनपछि स्बाब संकलन सुरू गरिएको थियो ।

सीमा क्षेत्रबाट पहिलो चरणमा जेष्ठ ९ गते आएर वेष्ट प्वाइनमा बसेका १२ जना र उनीहरूलाई ल्याउन प्रयोग गरिएको बसका चालक र सहचालक गरी १४ जनाको स्बाबको पिसिआर परीक्षणमा चालक, सहचालक सहित १३ जनाको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बेनीअनलाइनलाई बताए ।

‘१२ जनामा एकजनामा पोजेटिभ देखियो,‘अबको एकसाता उच्च सर्तकता आवश्यक छ’ लम्सालले भन्नुभयो । उहाँका अनुसार जेठ १० गते आएका २९ जनाको बिहिबार स्वाब पठाइएको छ । उनीहरूलाई म्याग्दी क्याम्पसमा राखिएको छ । २९ जनाको रिर्पोट शुक्रबार आउँछ ।

त्यस्तै जेठ ११ गते १८ जना, जेठ १३ गते ९ जना, जेठ १४ गते १६ जना र बिहिबार ५ जना क्वारेन्टाइनमा आएका छन् । वेष्ट प्वाइन्टको क्वारेन्टाइनमा बसेकाहरूमध्ये शुक्रबार १८ जनाको स्बाव पठाइने छ । भारतीय सीमा क्षेत्रमा अझै म्याग्देली अलपत्र परेका छन् । उक्त क्षेत्रमा अलपत्र परेकाहरुलाई ल्याउन अन्यौल भइरहेको छ ।

दुईतिन जनाको समुहमा सम्पर्कमा आएपनि आवश्यक सवारीसाधनको ब्यवस्थापनको सकस भइरहेको छ । रोजगारीको लागि भारत गएका उनीहरु कोरोना महामारीको कारण रोजगारी गुमेपछि गृह जिल्ला फर्किएकाहरु मै कोरोनाको जोखिन देखिएपनि आवश्यक सतर्कता अपनाइएको छ । हाल म्याग्दी क्याम्पसमा ५२ बेड, न्यु वेष्ट पोइन्ट आवासीय माविमा ३० बेड र पाँचवटै गाउँपालिकामा १७३ बेड छन्।

Leave a Reply