---Advertisement---

‘म्याग्दीका संक्रमित यूवा तीन महिना अगाडी भारत गएका थिए’

On: May 28, 2020 10:15 PM
Follow Us:

म्याग्दीका कोरोना पोजेटिभ यूवा रोजगारीको खोजीमा तीन महिना अगाडी भारतमा गएका थिए ।भारतको उत्तर प्रदेशमा रोजगारीको खोजीमा पुगेका यूवाले कोरानाको संक्रमणको जोखिम फैलिएपछि लगत्तै नेपाल आउने प्रयास गरेको बताएका छन् ।

बिहिबार गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निदेशक डा. विनोद विन्दु शर्माले प्रेस विज्ञप्ती मार्फत भारतबाट फर्किएका यूवामा कोराना संक्रमणको पुष्टी गरेसँगै बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टाइनमा रहेका ३० बर्षिय यूवालाई विषेश तयारी सहित खुल्लामञ्चमा अवस्थित शैक्षिक तालिम केन्द्रको भवनमा राखिएको छ ।

मालिका गाउँपालिकाका–४ का संक्रमित यूवाले भारतको नौतुनामा १७ दिन क्वारेन्टाइनमा विताएका थिए । भारतीय सीमाबाट प्रवेश गरेलगत्तै ३ दिन भैरहवाको क्वारेन्टाइनमा विताएर त्यहाँबाट सिधै म्याग्दीमा आएका थिए । भारतमा लकडाउन सुरू भएपछि जोगिन संक्रमित यूवासँगै धेरै नेपाली सीमा क्षेत्रसम्म आएका थिए ।

‘भारतमा पुगेलगत्तै कोरोनाको त्रास सुरू भयो,‘भारत र नेपालको क्वारेन्टाइन हुदै बेनीमा आए’ संक्रमितको भनाई उद्धित गदैं स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बेनीअनलाइनलाई भने । उनलाई रेखदेख गर्न आज १ जना स्वास्थ्यकर्मी खटाइएको छ भने बाहिरी क्षेत्रमा सुरक्षाकर्मीले सुरक्षा दिइरहेका छन् ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।