अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

‘एकजना संक्रमितको कारण अस्पतालका नियमित सेवामा कुनै असर नगर्ने’

On: May 29, 2020 12:36 PM
Follow Us:
---Advertisement---

म्याग्दीमा एक यूवालाई कोरोना पोजेटिभ देखिएपनि अस्पतालका नियमित सेवामा कुनै असर नगर्ने बताइएको छ ।

रोजगारको सिलसिलामा भारत गएर फर्किने क्रममा मालिका गाउँपालिका–४ ओखरबोटका एक यूवामा कोरोना भाइरस पोजेटिभ देखिएसँगै अस्पतालको सेवा प्रभावित हुने हल्ला फैलिएको अवस्थामा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट अमृत अधिकारीले बेनीअनलाइनसँग कुराकानी गदैं अस्पतलाको सेवामा कुनै असर नगर्ने बताउनुभयो ।

‘भविस्यमा जोखिम बढेमा अर्को निर्णय हुन्छ,‘भारतबाट सिधैं क्वारेन्टाइनमा ल्याएर राखिएकोमा कोरोना देखिएको हो,‘उहाँलाई आइसोलेसन कक्षमा राखिएकाले सेवामा असर गदैंन्’ डा. अधिकारीले भन्नुभयो ।

उहाँका अनुसार आइसोलेसन कक्षमा एउटा यूनिट खटाएर उपचार गर्ने बताउँदै खटिएका चिकित्सक, स्वास्थ्यकर्मीलाई आइसोलेसनको जिम्मेबारी सकिएपछि सिधै १४ दिन क्वारेन्टाइनमा पठाउने भएकाले सेवा प्रवाहमा कुनै असर नगर्ने बताउनुभयो ।

अस्पतालमा ओपिडीसहित अन्य सबै नियमित स्वास्थ्य सेवालाई थप प्रभावकारीका साथ सञ्चालन गर्ने अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । बेनी अस्पतालमा लकडाउनको अवधिमा प्रसुती सेवा, विभिन्न किसिमका अप्रेसन सेवा लिनेको चाप समेत बढेको छ ।

जेनिशा पुरी

जेनिशा पुरी बेनीअनलाइन संवाददाता हुन