नेपाल-भारत सीमा क्षेत्रबाट उद्धार गरी बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टाइनमा राखिएका २० जनाको शुक्रबार स्बाब संकलन गरी पिसिआर परीक्षणका लागि गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

रोजगारीको लागि भारत गएका उनीहरु कोरोना महामारीको कारण रोजगारी गुमेपछि गत जेष्ठ ११ गते सीमा क्षेत्रबाट उद्धार गरी ल्याइएकाको क्वारेन्टाइनमा बसेको पाँचदिनपछि स्बाब संकलन गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बेनीअनलाइलाई बताउनुभयो ।

बिहिबार म्याग्दी बहुमुखी क्याम्पसमा रहेका २९ जनाकै स्बाब संकलन गरी पठाइएकोमा रिर्पोट आउन बाँकी रहेको प्रमुख लम्सालको भनाई छ । भारतबाट फर्किएकाको स्बाब परीक्षणको चापका कारण शुक्रबार साँझसम्म आउनुपर्ने रिर्पोट आएको छैन् । भारतबाट आउनेमा कारोनाको जोखिमलाई मध्यनजर गरी स्बाब संकलनसँगै आवश्यक सर्तकता अपनाइएको छ ।

भारतबाट आएकामध्ये पहिलो स्बाब परीक्षणमा सहभागी भएका १२ जना मध्ये मालिका गाउँपालिका–४ का एक यूवामा कोरोना पोजेटिभ देखिएको थियो । हालसम्म वेष्ट प्वाइन्ट र म्याग्दी बहुमुखी क्याम्पसमा भारतबाट आएकाहरूमध्ये बेनी नगरपालिका ४१, मालिका २५, मंगला ८, धवलागिरी १२, रघुगंगा ४, अन्नपूर्ण १३ गरी १ सय ३ जना रहेको कोभिड–१९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिनुभयो । म्याग्दी क्याम्पसमा ६४ बेड, न्यु वेष्ट पोइन्ट आवासीय माविमा ५२ बेड र पाँचवटै गाउँपालिकामा १७३ बेड छन् । File photo

 

Leave a Reply