कोरोना भाइरस कोभिड-१९ को संक्रमणको जोखिम बढ्दै गइरहेको अवस्थामा बुटवलबाट लुकिछिपी बेनी नगरपालिका–३ भकिम्लीमा आएका एकजनालाई स्थानीयले जनप्रतिनिधिको उपस्थितीमा अनिवार्य होम क्वारेन्टाइनमा बस्न अनुरोध गरे ।

बुटबलबाट ट्रकको सहचालकको भूमिकामा बागलुङसम्म आएका भकिम्ली चिनाखेतका करिव ३५ बर्षिय यूवाले जनप्रतिनिधि र समुदायको निर्देशनलाई अटेर गरेपछि प्रहरीको उपस्थितीमा शुक्रबार अनिवार्य होम क्वारेन्टाइनमा बस्ने सर्तमा घर पठाइएको छ ।

ट्रकबाट बागलुङ आएका यूवा बेनपा–२ हुदै गाउँमा पुगेका थिए।बाटोमा चेकजाँचको क्रममा उनले ट्रकको सहचालक भएको बताएका थिए । भारतीय सिमा क्षेत्रबाट प्रवेश गर्ने भएकाले बुटवललाई कोरोनाको जोखिम मानिन्छ ।भकिम्लीमै चोरबाटो हुदै आएका अर्का एकजनालाई समेत कम्तिमा १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्न र घरपरिवारका सदस्यसँग पनि टाढै रहन निर्देशन दिइएको वडा अध्यक्ष पदम पुनले बताउनुभयो ।

‘समुदायमा नयाँ मान्छे देखेरमा तत्काल जानकारी गराउन अनुरोध गरेका छौ,‘नयाँ मान्छेबाट जोखिम छ’ अध्यक्ष पुनले बेनीअनलाइनलाई भन्नुभयो । भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले दुवैजनालाई शुक्रबार जिल्ला प्रशासन कार्यालयमा घरमै क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता जनाउन लगाएर २७ गते स्वाब परीक्षणका लागि आउन निर्देशन दिइएको छ ।

उहाँका अनुसार वडास्तरमा नगरपालिकाले खटाएको स्वयमसेवक हटाइएपछि एकजना प्रहरी सहित यूवाहरुको सहयोगमा भकिम्लीमा देशका विभिन्न जिल्लाका साथै छिमेकी बागलुङको काठेखोला, ताराखोला गाउँपालिकाबाट लुकिछिपी गाउँ प्रवेश गर्नेमाथि निगरानी बढाइएको छ । बुटवलबाट आएका यूवालेर्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) समेत गरेका छैनन् ।

Leave a Reply