---Advertisement---

म्याग्दी क्याम्पसको क्वारेन्टाइनमा बसेका २९ जनाको स्वाब रिपोर्ट नेगेटिभ

On: May 30, 2020 12:41 PM
Follow Us:

नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरी बेनीको म्याग्दी बहु्मुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका २९ जनाको स्बाब रिर्पोट नेगेटिभ आएको छ । रोजगारीको लागि भारत गएका उनीहरु कोरोना महामारीको कारण रोजगारी गुमेपछि सीमा क्षेत्रबाट उद्धार गरी ल्याइएकाको क्वारेन्टाइनमा बसेको पाँचदिनपछि स्बाब संकलन गरी बिहिबा स्बाब संकलन गरी पिसिआर परीक्षणका लागि गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले स्बाब रिर्पोट नेगेटिभ आएको जानकारी दिनुभयो । भारतबाट आएकामध्ये पहिलो स्बाब परीक्षणमा सहभागी भएका १२ जना मध्ये मालिका गाउँपालिका–४ का एक यूवामा कोरोना पोजेटिभ देखिएको थियो भने शुक्रबार न्यु वेष्ट प्वाइन्ट आवासीय माविबाट पठाइएको रिर्पोट भने आएको छैन् ।

हालसम्म वेष्ट प्वाइन्ट र म्याग्दी बहुमुखी क्याम्पसमा भारतबाट आएकाहरूमध्ये बेनी नगरपालिका ४१, मालिका २५, मंगला ८, धवलागिरी १२, रघुगंगा ४, अन्नपूर्ण १३ गरी १ सय ३ जना रहेको कोभिड–१९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिनुभयो । म्याग्दी क्याम्पसमा ६४ बेड, न्यु वेष्ट पोइन्ट आवासीय माविमा ५२ बेड र पाँचवटै गाउँपालिकामा १७३ बेड छन् ।

२०७७/०२/१० भारतबाट म्याग्दी आउनु भएका
बेनि नपा ८
अन्नपुर्ण १०
मालिका १०
धौलागिरी १
जम्मा २९ जना को १५ गते संकङ्लन गरिएको को PCR टेस्टको रिपोर्ट नेगेटिभ आएको छ ।
२०७७/०२/१७

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।